default_image

5 years ago

July 12, 2019

ग्रिज्मन बार्सिलोना आउने पक्का

एजेन्सी – एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिज्मन अन्तत: क्याटलान क्लब बार्सिलोना आउने पक्का भएको छ । ग्रिज्मनका वकिलले ला लिगाको मुख्यालयमा शुक्रबार सम्झौतामा तोकिएअनुसारको रिलिज क्लज बराबरको रकम तिरेका छन् । यससँगै लामो समयदेखि ग्रिज्मन बार्सिलोना जाने प्रक्रिया पूरा भएको छ । यसअघि बार्सिलोनाले ग्रिज्मनको रिलिज क्लजको रकम किस्ताबन्दीमा तिर्ने प्रस्ताव राख्दा एटलेटिकोले निराशा व्यक्त […]

50 views

0 Bookmark

एजेन्सी – एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिज्मन अन्तत: क्याटलान क्लब बार्सिलोना आउने पक्का भएको छ । ग्रिज्मनका वकिलले ला लिगाको मुख्यालयमा शुक्रबार सम्झौतामा तोकिएअनुसारको रिलिज क्लज बराबरको रकम तिरेका छन् ।

यससँगै लामो समयदेखि ग्रिज्मन बार्सिलोना जाने प्रक्रिया पूरा भएको छ । यसअघि बार्सिलोनाले ग्रिज्मनको रिलिज क्लजको रकम किस्ताबन्दीमा तिर्ने प्रस्ताव राख्दा एटलेटिकोले निराशा व्यक्त गर्दै विज्ञप्ति नै जारि गरेको थियो । शुक्बर रिलिज क्लब तिरेपछि बार्सिलोनाले ग्रिज्मनलाई अनुबन्ध गर्न सबै बाधा फुकेको छ ।

बार्सिलोनाले आइतबार ग्रिज्मनलाई समर्थकमाझ प्रस्तुत गर्ने बुझिएको छ । यद्यपि अन्य खेलाडीझैं उनलाई सार्वजनिक गर्ने कार्यक्रममा थप सुरक्षा कडाइको लागि क्लबले आव्हान गरेको छ । ग्रिज्मनले एटलेटिको छाड्दा गरेको व्यवहारलाई कतिपय बार्सिलोना समर्थकले पनि रुचाएका छैनन् । गतवर्ष बार्सिलोनाले औपचारिक प्रस्ताव राखेको अवस्थामा ग्रिज्मनले नकारेपछि पनि केहि समर्थक रुष्ट भएका थिए ।

किन लगायो एटलेटिकोले ग्रिज्मन र बार्सिलोनालाई आरोप ?

गत शुक्रबार क्याटलान क्लब बार्सिलोना र फरवार्ड एन्टोइन ग्रिज्मनले अघिल्लो सिजन चल्दाचल्दै एक अर्काबीच सहमति गरेको भन्दै स्पेनिस क्लब एटलेटिको म्याड्रिडले दुवै पक्षले क्लबको अनादर गरेको आरोप लगाएको थियो ।

एटलेटिकोले ग्रिजमनको अवस्थाबारे प्रेस विज्ञप्ति जारी गर्दै दुवै क्लब र खेलाडीले क्लबलाई लिएर नराम्रो व्यवहार गरेको बतायो । ग्रिज्मनले गत सिजन एटलेटिकोबाट खेलिरहेको बेलामा नै बार्सिलोनाले उनीसँग सम्झौता गर्नु लज्जास्पद भएको पनि बताएको थियो । ट्रान्सफर नियमको उल्लंघन गर्दै बार्सिलोनाले चलेको कदमप्रति एटलेटिकोले खेद प्रकट गरेको थियो ।

एटलेटिकोले जारी गरेको विज्ञप्तिअनुसार ग्रिज्मन आफैंले मे १४ तारिखमा क्लबका प्रमुख अधिकृत, प्रशिक्षक र क्लब निर्देशकलाई क्लब छाड्ने निर्णयको जानकारी दिएका थिए । तर क्लबका अनुसार ग्रिज्मन र बार्सिलोनाले त्यसअघि नै सम्झौता गरिसकेका थिए । फेब्रुअरी महिनामा युभेन्टसविरुद्ध च्याम्पियन्स लिगको दोस्रो लेग खेलेर फर्केपछि बार्सिलोना र ग्रिज्मनबीच सम्झौता भएको आरोप छ ।

एटलेटिकोले शुक्रबार नै बार्सिलोनासँग बैठक बसेर ग्रिज्मनको ट्रान्सफरबारे छलफल गर्दा उनको रिलिज कलज बराबर तोकिएको १ सय २० मिलियन युरो एकैपटक तिर्न आनकानी गरेपछि क्लबले उक्त प्रस्ताव नकारेको प्रष्ट पारेको छ ।

‘यसै महिनाको १ तारिखबाट ग्रिज्मनको रिलिज कलज २ सय मिलियन युरोबाट १ सय २० मिलियन युरो भएको छ । बार्सिलोनाले ग्रिज्मनलाई अनुबन्ध गर्ने प्रस्ताव राख्दा सबै रकम एकैपटक नतिर्ने बताएको छ । हामीले यसलाई एटलेटिको म्याड्रिड र यस क्लबका समर्थकलाई अनादर गरेको रुपमा लिएका छौं,’ क्लबको विज्ञप्तिमा लेखिएको छ, ‘यसैकारण हामीले ग्रिज्मनको एजेन्ट र वकिललाई सम्झौता अनुसार नै अर्को आइतबारदेखि प्रशिक्षणमा आउन निर्देशन दिएका छौं ।’

एटलेटिकोले विज्ञप्तिमा बार्सिलोना र ग्रिज्मनको व्यवहारलाई लिएर निकै निराशाजनक स्थिति सिर्जना गरेको पनि जनाएको छ । ‘एटलेटिको म्याड्रिड दुवै पक्ष, विशेषगरी बार्सिलोनाको व्यवहारको निन्दा गर्दछ । एक खेलाडी कुनै क्लबमा अनुबन्ध रहेको अवस्थामा, अझ भनौं क्लबको महत्त्वपूर्ण समय जहाँ च्याम्पियन्स लिगमा युभेन्टस र ला लिगामा बार्सिलोनासँगै प्रतिस्पर्धा गरिरहेको अवस्थामा सम्झौता गर्ने प्रयास गर्नु उचित कदम होइन । यसले खेलकुदको सामान्य मर्मको पनि अवहेलना गरेको छ । यसले हाम्रो क्लब र समर्थकहरुमाथि खराब नियत राखेको हामीले लिएका छौं ।’

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.