default_image

5 years ago

July 14, 2019

मनाङ र बीबीसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब राजधानीमा जारी ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार समूहबाट तेस्रो टोलीको रुपमा क्वाटरफाइनलमा स्थान बनाएको मनाङले आइतबार हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब राजधानीमा जारी ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार समूहबाट तेस्रो टोलीको रुपमा क्वाटरफाइनलमा स्थान बनाएको मनाङले आइतबार हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । मनाङको जितमा पहिलो हाफमा सर्वोच्च राईले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको २०औं मिनेटमा गोल गरेका थिए ।

दिनको दोस्रो क्वाटरफाइनलमा साविकको विजेता बीबीसले विभागीय नेपाल एपीएफ क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका खेलाडीले भरिपूर्ण बीबीसीले खेलको तेस्रो मिनेटमा नै ब्रिजेश चौधरीको गोलबाट पहिलो हाफमा अग्रता लिएको थियो ।

५१औं मिनेटमा यू-१६ टोलीका कप्तान समेत रहिसकेका रोशन रानामगरले गोल गरेपछि बीबीसी २–० ले अघि बढेको थियो । इन्ज्युरी समयमा एपीएफका विपीन थापामगरले गोल गरेपनि हार टार्न सकेन ।

प्रतियोगितामा सोमाबार दुई क्वाटरफाइनल खेल हुनेछ । पहिलो खेलमा आर्मी र जावलाखेल तथा दोस्रो खेलमा पुलिस र मच्छिन्द्रबीच खेल हुनेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.