default_image

5 years ago

September 6, 2019

भरत सैन्य तालिम सकेर नेपाल फर्कंदै

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टाेलीका स्टार फरवार्ड भरत खवास थाइल्यान्डमा सैन्य तालिम सकेर शनिबार नेपाल आउने भएका छन् ।

नेपाली सेनाका लेफ्टिनेन्ट रहेका भरतले थाइल्यान्डमा १२ हप्ता लामाे  फ्लाइट डिसप्याचर र फ्लाइट अपरेसन अफिसर तालिम पूरा गरेर शनिबार नेपाल आउन लागेका हुन्  । सिभिल एभिएसन ट्रेनिङ सेन्टरमा तालिम लिएका भरतले तालिमपश्चात नयाँ विषयमा शुरुमा केही गाह्रो भएपनि पछि सहज हुँदै गएकाे र धेरै कुरा सिक्ने अवसर पाएकाे बताए ।

नेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा आर्मी क्लबका कप्तान रहेका भरतले चोटका कारण पछिल्लोपटक मलेसिया र चाइनिज ताइपेईविरुद्धको खेल गुमाएका थिए ।

उनले मलेसियन सुपर लिग च्याम्पियन जाेहर दारुल ताजिमविरुद्वकाे मैत्रीपुर्ण खेल समेत गुमाएका थिए । अब उनी विश्वकपकाे तेस्राे चरणका खेलका लागि राष्ट्रिय टाेलीमा पर्ने प्रयासमा हुनेछन् ।

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

Success

Thank you for your time.