5 years ago
September 8, 2019
प्रकाश तिमल्सिना, काठमाडौं
विराज महर्जन नेपाली फुटबल इतिहासकै सर्वाधिक सफल कप्तान हुन् । विराजले टोलीको नेतृत्व सम्हाल्दा नेपालले सन् २०१६ मा नै ३ उपाधि जितेको थियो । नेपाली मितिअनुसार २०७२ को माघमा बंगलादेशमा बंगबन्धु गोल्ड कप उपाधि उचालेका विराजले त्यसलगत्तै अर्को महिना भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका थिए ।
२०७३ कात्तिकको अन्तिम दिन नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जित्यो । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता नेपालले जितेको त्यो पहिलो थियो । त्यो टुरको कप्तान अनिल गुरुङ रहेपनि पहिलो रोजाइमा नपरेका कारण सबै खेलमा विराजले नै कप्तानी सम्हालेका थिए ।
समय क्रमसँगै व्यक्तिका भूमिका फेरिन्छन् । विराजको पनि फेरियो । राष्ट्रिय टोलीमा दशक लामो यात्रा गरेका विराज यसपटक भने अकस्मात कप्तानबाट दर्शकका रुपमा सिमित भए । विश्वकप छनोट अन्तर्गत नेपालले कुवेतविरुद्ध उसकै मैदानमा खेलिरहँदा, विराज आम नागरिकझैं आफ्नो मोबाइलको स्क्रिनमा दर्शक बने ।
नेपालले अपेक्षा गरेभन्दा फरक ७–० को लज्जास्पद हार बेहोर्नुपर्यो । व्यक्तिगत रुपमा विराजले त्यो हारको जिम्मेवारी लिनु त परेन, तर लामो समय टोलीको हिस्सा रहेका उनलाई त्यो हारले दुःखी पक्कै बनायो । आफु भएको भए टोलीमा यसरी सहयोग गर्थे होला भन्ने मनमा लागिरहेको उनी सुनाउँछन् ।
उनले त्यो खेलका दौरान महसुस पनि गरे, खेल्न भन्दा हेर्न निकै कठिन हुने रहेछ । ‘जब देखि म राष्ट्रिय टोलीमा परे । नेपालले खेल्ने औपचारिक प्रतियोगितामा पहिलो पटक म टोलीबाहिर रहे,’ उनले सुनाए,‘ पछिल्लो केहि वर्ष प्लेइङमै नभएर पनि टोलीसँगै हुन्थे । यसपटक घरमा बसेर हेर्नुपर्यो । निकै गाह्रो हुने रहेछ । खेल्दा पुरा खेलमा ध्यान हुन्छ । समय गएको पत्तै हुन्न । तर, हेर्दा समय निकै लामो लाग्ने रहेछ । ’
राष्ट्रिय टोली आफ्नो लागि आदत बनिसकेको र त्योबाट अलग भएर बस्नु पर्दा निकै खिन्न महसुस गरेको विराजले सुनाए । ‘ हरेक खेलाडीको जीवनमा उतार चढाव आउँछ । सबै खेलाडीको जीवनमा यसको सामना गर्नुपर्छ आउँछ । मैले त्यो पनि राम्ररी बुझेको छु । तर, मनै त हो । कहाँ मान्दो रहेछ र, उनले भने,‘ टोली विश्वकपका लागि उड्न लाग्दा आफू एक्लो भएको महसुस गरें । सबै सकिएको जस्तो हुँदो रहेछ । मैले पहिलो पटक यस्तो महसुस गरे ।’
एउटा खेलाडी भन्दा फुटबल टोली ठूलो र फुटबल टोली भन्दा देश ठूलो भन्ने उनलाई राम्रो हेक्का छ । कुवेतसँगको अनपेक्षित हारबाट पाठ लिएर मंगलबार चाइनिज ताइपेविरुद्धको खेलका लागि टोलीलाई केन्द्रित हुन उनले सुझाव दिए । ‘खेलमा हार जित त हुन्छ । खाली हामीले अपेक्षाभन्दा बढी गोलको अन्तरमा हार्यौं,’ उनले थपे,‘ अब त्यसलाई बिर्सनु पर्छ । गल्ति सच्चाउनुपर्छ अघि बढ्नु पर्छ । हामी कमब्याक गर्न सक्ने क्षमता भएको टोली हौं । त्यसैले आत्तिने होइन सामना गर्ने हो ।’
विराजले ८ वर्षअघि जोर्डनसँग अवे मैदानमा ९-० को हार बेहोरेपछि घरेलु मैदानमा १-१ को बराबरी गरेको खेललाई सम्झंदै भने, ‘ हामीले यसअघि विश्वकप छनोटमै जोर्डनसँग फराकिलो हार बेहोरेपनि लगत्तै खेलमा नतिजा सुधारेको उदाहरण छ । आशा छ की ताइपेइमा राम्रो नतिजा हासिल हुनेछ ।’
कुवेतविरुद्ध चाडैं गोल खाएका कारण पनि टोलीमाथि दबाब परेको उनको बुझाई छ । ‘त्यस्तो अवस्थामा टोलीले अलि कम्युनिकेट गरेर खेल्नु पर्ने थियो । सायद गर्नु भयो पनि होला,’ उनले अनुमान गरे,‘ गोल खाएपछि हामी सम्हालिन सकेनौं । दबाब कम गराउन पनि सकेनौं । त्यसैले हाम्रो विपक्षमा स्कोर पनि भयो । त्यो मार्जिनमा हार्नुपर्ने टोली हामी होइन ।’
उनले राष्ट्रिय टोलीमा फर्कनका पुरा कोशिस गर्ने उल्लेख गर्दै उनले भने,‘ मैले फर्कनका लागि मेहनत गर्नुपर्छ । नयाँ भाईहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ । म त्यसका लागि तयार छु । आफूलाई प्रमाणित गरेर मात्र फर्कन पाइन्छ भन्ने मैले बुझेको छु ।’
विराजले सन्यासको मनस्थिति आफुले पनि बनाइसकेको तर त्यसका लागि टोलीबाट एउटा अपेक्षा राखेको खुलेर सुनाए । ‘हरेक खेलाडीले सुखद विदाईको अपेक्षा गर्छ । मैल पनि त्यसै विदाईको आशा गरेको छु,’ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेलका उनले अपेक्षा गरे,‘ प्लेइङ मै नपरेपनि घरेलु मैदानमा केहि समय खेलेरै टिममा रहेर विदा हुने मन छ । मैले आफ्नो इच्छा एन्फा नेतृत्वलाई पनि भनेको छु ।’
क्लब फुटबलमा अझै केहि वर्ष सक्रिय रहने योजना बनाएका विराज भन्छन्, ‘ दुई दशकदेखि फुटबलमा आबद्ध छु । शरीरले साथ दिएसम्म खेल्छु । त्यसपछि सायद प्रशिक्षणमा आबद्ध हुन्छु । कुनै न कुनै रुपमा फुटबलमा हुन्छ । फुटबल बाहेकको विकल्प कम्तिमा अहिलेलाई मैले सोचेको छैन ।’
विराजसँगको पूर्ण अन्तर्वार्ता :
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]