default_image

5 years ago

September 8, 2019

नादेझ्दा कप फुटबल- नेपाल र आयोजक किर्गिस्तान भिड्दै

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक किर्गिस्तानसँग नेपाली महिला राष्ट्रिय फुटबल टोली नादेझ्दा कप फुटबल प्रतियोगिताको सुरुवात गर्दैछ । आज हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजे सुरु हुनेछ । नादेझ्दा कपमा सहभागी चार देशका टोलीले ५ दिनमा ४ खेल खेल्नु पर्नेछ ।

नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दैछ । भदौ २३ गते उज्वेकिस्तानसँग खेलेपछि नेपालले त्यसको भोली पल्ट भदौ २४ गते ताजिकिस्तानको सामना गर्नेछ । राउन्ड रोविन लिग पछि भदौ २६ गते शीर्ष २ टोलीले उपाधिका लागि र त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रुपमा यो प्रतियोगितालाई हेरिएको छ । महिला टोलीले गत वर्ष उच्च प्रदर्शन गरेको थियो । चैतमा विराटनगरमा साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि नेपाली टोलीले सन् २०२० ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो ।

त्यस्तै टोलीले भारतमा आयोजना भएको हिरो गोल्ड कपको फाइनल खेलेको थियो । त्यहि प्रतियोगितामा नेपालले भारतलाई पहिलो पटक महिला फुटबलमा पराजित गरेको थियो ।

नेपाल महिला फुटबल टोली

१.एन्जिला तुम्बापो सुब्बा, २.अन्जना राना मगर, ३.पुनम जर्घामगर, ४.हिरा कुमार भुजेल, ५. अमृता जैशी, ६.दिपा राई, ७.रेनुका नगरकोटे, .अनिता बस्नेत, ९.मन्जली कुमारी योञ्जन, १०.सरु लिम्बु, ११.सावित्रा भण्डारी, १२.निरु थापा, १३.रेखा पौडेल, १४.अनिता केसी, १५.गिता राना, १६.कबिता धिमाल, १७.विमला चौधरी, १८.इन्दिरा राई

अफिसियल:
प्रशिक्षक – हरि खड्का, सहायक प्रशिक्षक – अरुणा गुरुङ, गोलरक्षक प्रशिक्षक – अस्मिता खवास, फिजियोथेरापीस्ट – नविना श्रेष्ठ, टिम डाक्टर –  राजु डंगोल महर्जन, व्यवस्थापक – पेमा लामा

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.