default_image

5 years ago

September 9, 2019

यू-१८ टोलीको क्लोज क्याम्प पोखरामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१८ राष्ट्रिय फुटबल टोली अर्को महिना हुने साफ यू-१८ फुटबल प्रतियोगिताको तयारीका लागि पोखरा प्रस्थान गरेको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ छन् भने सहायक प्रशिक्षक सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षक छन्नुराम चौधरी रहेका छन् । २५ खेलाडी र ४ अफिसियलसहितको टोली सोमबार पोखरा प्रस्थान गरेको हो । […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१८ राष्ट्रिय फुटबल टोली अर्को महिना हुने साफ यू-१८ फुटबल प्रतियोगिताको तयारीका लागि पोखरा प्रस्थान गरेको छ ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ छन् भने सहायक प्रशिक्षक सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षक छन्नुराम चौधरी रहेका छन् । २५ खेलाडी र ४ अफिसियलसहितको टोली सोमबार पोखरा प्रस्थान गरेको हो । त्यहाँ रहेर टोलीले सहारा एकेडेमीको मैदानमा प्रशिक्षण गर्ने बुझिएको छ । साफ यू-१८ हल्चोकस्थित एपीएफ रंगशालामा आयोजना हुनेछ । प्राकृतिक मैदानमा प्रशिक्षण गर्ने हिसाबले पनि टोली पोखरा प्रस्थान गरेको हो ।

पछिल्लो दुवै संस्करणको विजेता नेपालले यसपटक उपाधि रक्षा गर्नेलक्ष्यसहित तयारी गरिरहेको टोलीका व्यवस्थापक रुपेश अधिकारीले जानकारी दिए । ‘हामी प्रतियोगिताको साविक विजेता हौं । घरेलु मैदानमा नै हुने प्रतियोगिताको लागि हामीले उपाधि रक्षा गर्ने लक्ष्य राखेका छौं । यसका लागि टोलीले अब केहि साता पोखरामा रहेर प्रशिक्षण गर्नेछ,’ अधिकारीले जानकारी दिए ।

दक्षिण एसियालका ६ राष्ट्रको सहभागितामा च्याम्पियनसिप असोज ३ देखि १२ गतेसम्म हुनेछ । समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र भुटान रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र भारत रहेका छन् । नेपालले असोज ३ गते माल्दिभ्ससँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । नेपालले त्यसको दुई दिन पछि असोज ५ गते भुटानसँग खेल्नेछ । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । दुवै सेमिफाइनल १० गते हुनेछ भने फाइनल १२ गते हुनेछ ।

नेपाली टोली गोलरक्षकः विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजन होना

डिफेन्डरः विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्वा र अन्जन महर्जन

मिडफिल्डरः शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल र नितिन थापा

फरवार्डः ब्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.