default_image

5 years ago

September 11, 2019

रोनाल्डो युरो छनोटको सर्वाधिक गोलकर्ता

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । युरो छनोटमा मंगलबार राति लिथुनियामाथि ह्याट्रिकसहित ४ गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान हासिल गरेका हुन् । रोनाल्डोले आयरल्यान्डका रोबी किनको २३ गोलको कीर्तिमानलाई तोडेका हुन् । मंगलबार राति ह्याट्रिक गरेका रोनाल्डोले युरो छनोटमा २५ गोल पुरा गरेका छन् । […]

49 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । युरो छनोटमा मंगलबार राति लिथुनियामाथि ह्याट्रिकसहित ४ गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान हासिल गरेका हुन् ।

रोनाल्डोले आयरल्यान्डका रोबी किनको २३ गोलको कीर्तिमानलाई तोडेका हुन् । मंगलबार राति ह्याट्रिक गरेका रोनाल्डोले युरो छनोटमा २५ गोल पुरा गरेका छन् । आफ्नो कीर्तिमान तोडिएसँगै किनले सामाजिक सन्जाल इन्स्टाग्राममा रोनाल्डोलाई बधाई दिदै रोनाल्डोसँग पर्याप्त रेकर्ड रहेको उल्लेख गरेका छन् ।

मंगलबार लिथुआनियाविरुद्ध खेलको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेको थिए । त्यसपछि रोनाल्डोले खेलको ६२ र ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ७६औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौथो गोल गरे । समग्रमा रोनाल्डोको यो आठौं अन्तर्राष्ट्रिय ह्याट्रिक हो । उनी पोर्चुगलको सर्वाधिक गोलकर्ता समेत हुन् ।

रोनाल्डोले हालसम्म १ सय ६० खेल खेल्दै ९३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान इरानका अली दाइको नाममा रहेको छ । अलीले १ सय ४९ खेल खेल्दा १ सय ९ गोल गरेको किर्तिमान रहेको छ । उनले सन् १९९३ देखि २००६ को बिचमा इरानको प्रतिनिधित्व गरेका थिए ।

हाल अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका खेलाडीमा रोनाल्डोपछि भारतका सुनिल क्षेत्री छन् । उनले १ सय १२ खेलमा ७२ गोल गरेका छन् । त्यसपछि अर्जेन्टिनाका कप्तान लिओनेल मेसिले १ सय ३६ खेलमा ६८ गोल गरेका छन् । ब्राजिलका नेयमारको नाममा पनि ९८ खेलमा ६१ गोल छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.