default_image

5 years ago

September 11, 2019

इंग्ल्यान्डको रोमान्चक जित

एजेन्सी – युरो २०२० छनोट अन्तर्गत इंग्ल्यान्डले घरेलु मैदानमा कोसोभोमाथि ५- ३ को रोमान्चक जित दर्ता गरेको छ । पहिलो मिनेटमै गोल खाएको इंग्ल्यान्डले त्यसपछि सम्हालिंदै जित दर्ता गरेको हो । खेलको ३४ औं सेकेन्डमा नै कोसोभोले गोल गर्दै खेलमा अप्रत्याशित अग्रता लिएको थियो । डिफेन्डर माइकल किनको गल्तिको फाइदा उठाउँदै भालोन बेरिशाले गोल गरे […]

48 views

0 Bookmark

एजेन्सी – युरो २०२० छनोट अन्तर्गत इंग्ल्यान्डले घरेलु मैदानमा कोसोभोमाथि ५- ३ को रोमान्चक जित दर्ता गरेको छ । पहिलो मिनेटमै गोल खाएको इंग्ल्यान्डले त्यसपछि सम्हालिंदै जित दर्ता गरेको हो ।

खेलको ३४ औं सेकेन्डमा नै कोसोभोले गोल गर्दै खेलमा अप्रत्याशित अग्रता लिएको थियो । डिफेन्डर माइकल किनको गल्तिको फाइदा उठाउँदै भालोन बेरिशाले गोल गरे । यद्यपि उक्त गोलले नतिजामा भने खासै असर गरेन । इंग्ल्यान्डले पहिलो हाफमा नै ५ गोल गर्दै फराकिलो अग्रता कायम गर्यो ।

खेलको आठौं मिनेटमा नै किनको पासमा रहिम स्टरलिङले गोल गर्दै खेल बराबरीमा ल्याए । रहिमकै पासमा कप्तान ह्यारी केनले १८ औं मिनेटमा गोल गर्दै इंगलिस टोलीलाई अगाडी बढाए । ३८ औं मिनेटमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्यो । जेडन सान्चोले देको क्रसलाई कोसोभोका मेर्गिम बोज्बोदाले आफ्नै पोस्टमा छिराए ।

त्यसपछि पहिलो हाफको अन्तिम दुई मिनेटमा इंग्ल्यान्डले दुई गोल थप्यो । दुवै गोल रहिमको पासमा सान्चोले गोल गरेका थिए । इंग्ल्यान्डका लागि रहिम र सान्चोले उत्कृष्ट तालमेल देखाउँदै कोसोभो डिफेन्सलाई समस्या दिइरहे । यद्यपि दोस्रो हाफमा भने इंग्ल्यान्डले गोल थप्न सकेन ।

दोस्रो हाफको ४९ औं मिनेटमा कोसोभोका लागि बेरिशाले नै काउन्टर अट्याकमा गोल गरे । त्यसपछि ह्यारी मगाएरले पेनाल्टी क्षेत्रभित्र भेदात मुरिकीलाई लडाएपछि प्राप्त पेनाल्टीमा उनैले गोल गरे । ६५ औं मिनेटमा कप्तान केनले पेनाल्टी मौका पाएपनि त्यसमा गोल गर्न नसक्दा इंग्ल्यान्डको अग्रता बढेन ।

समूह ‘ए’ कै अर्को खेलमा चेक गणतन्त्रले मोन्टेनेग्रोमाथि ३-० को जित दर्ता गर्यो । विजयी टोलीका लागि टोमस सुचेक, लुकास मसोपुस्त र भ्लादिमिर दारिदाले गोल गरे । जितसँगै चेक अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चेकको ५ खेलमा ९ अंक छ भने समान खेलमा कोसोभोको ८ अंक छ । शीर्षस्थानको इंग्ल्यान्डले ४ खेलमा १२ अंक जोडेको छ । मोन्टेनेग्रो र बुल्गेरियाको २-२ अंक रहेको छ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.