default_image

5 years ago

September 13, 2019

‘नेयमार आएको भए खुसी हुन्थें’ – मेस्सी

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अघिल्लो साता बन्द भएको ट्रान्सफर विन्डोमा नेयमार बार्सिलोना आएको भए आफू निकै खुसी हुने बताएका छन् । मेस्सीले नेयमार टोलीमा आएको भए बार्सिलोनाको लक्ष्य प्राप्तिका लागि समेत निकै सहज हुने अभिव्यक्ति दिए । ‘नेयमार आएको भए म एकदम खुसी हुन्थें । जसरि नेयमारले पछिल्लो पटक क्लब छाडे, त्यसलाई लिएर […]

40 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अघिल्लो साता बन्द भएको ट्रान्सफर विन्डोमा नेयमार बार्सिलोना आएको भए आफू निकै खुसी हुने बताएका छन् ।

मेस्सीले नेयमार टोलीमा आएको भए बार्सिलोनाको लक्ष्य प्राप्तिका लागि समेत निकै सहज हुने अभिव्यक्ति दिए । ‘नेयमार आएको भए म एकदम खुसी हुन्थें । जसरि नेयमारले पछिल्लो पटक क्लब छाडे, त्यसलाई लिएर केहि व्यक्ति दुखी हुनु जायज हो । तर खेलको हिसाबमा भन्ने हो भने नेयमार विश्वकै उत्कृष्ट खेलाडीमा पर्छन् । उनी टोलीमा हुँदा हाम्रो लक्ष्य प्राप्त गर्न थप सहज हुन्थ्यो,’ कप्तान मेस्सीले भने ।

नेयमारले सन् २०१३ मा बार्सिलोना आएपछि १ सय ८६ खेल खेल्दै १ सय ५ गोल गरेका थिए । सन् २०१७ मा विश्व कीर्तिमानी रकममा पीएसजी पुगेका उनले ५८ खेलमा ५१ गोल गरेका छन् । यस सिजनको सुरुवातमा बार्सिलोनाले नेयमारलाई भित्र्याउन निकै कसरत गरेको थियो । तर दुवै क्लब सम्झौतामा आउन नसक्दा उनको ट्रान्सफर सम्भव भएन ।

यद्यपि मेस्सीले बार्सिलोनाका खेलाडीले क्लबसमक्ष नेयमारलाई अनुबन्ध गर्न कुनै आग्रह नगरेको प्रष्ट पारे । ‘ हामीले नेयमारलाई अनुबन्ध गर्नुपर्छ भनेर क्लबलाई भनेका छैनौं । हामीले क्लबले सोधेको अवस्थामा उनी आएको खण्डमा हाम्रो स्थिति के हुन्छ भन्ने जानकारी गराएका हौँ । मैले थाहा पाएअनुसार क्लबले उनलाई अनुबन्ध गर्न औपचारिक प्रयास भने गरेको थियो,’ मेस्सीले थपे ।

मेस्सीले नेयमार टोलीमा नथपिएको अवस्थामा पनि बार्सिलोना बलियो टोली रहेको र आफू पनि अझै क्लबमा नै रहने बताए । उनी सन् २००१ मा बार्सिलोना आएका थिए । ‘ जबसम्म मेरो शरीरले साथ दिन्छ, म बार्सिलोनाबाट नै खेल्नेछु । यो मेरो घर हो । म जबसम्म क्लबको लागि खेल्न र जित सक्छु, कतै जाने छैन,’ मेस्सीले प्रष्ट पारे ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.