default_image

5 years ago

September 13, 2019

नेयमार अन्तत: पीएसजी टोलीमा समेटिए

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार अन्तत: फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग खेल खेल्ने टोलीमा समेटिएका छन् । पीएसजीका प्रशिक्षक थोमस टुचेलले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेयमार अब नियमित खेल्ने पक्का गरेका हुन् । उनले शनिबार हुने स्ट्रासबर्गविरुद्ध लिग खेलमा नेयमार टोलीमा रहने बताएका छन् । जारि सिजन चोट र त्यसपछि ट्रान्सफर बजारमा […]

38 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार अन्तत: फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग खेल खेल्ने टोलीमा समेटिएका छन् ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेयमार अब नियमित खेल्ने पक्का गरेका हुन् । उनले शनिबार हुने स्ट्रासबर्गविरुद्ध लिग खेलमा नेयमार टोलीमा रहने बताएका छन् । जारि सिजन चोट र त्यसपछि ट्रान्सफर बजारमा सरुवा हुने चर्चाका कारण टोलीमा रहेका थिएनन् ।

नेयमारले चोटबाट पुनरागमन गर्दै ब्राजिलका लागि गत साता दुई मैत्रीपूर्ण खेलमा सहभागिता जनाइसकेका छन् । कोलोम्बियाविरुद्ध जितमा गोल समेत गरेका नेयमारले अब पीएसजीको आक्रमण सम्हाल्नेछन् । पीएसजीका मुख्य फरवार्डद्वय किलीयन एमबाप्पे र एडिन्सन काभानी चोटका कारण विश्राममा रहेकाले नेयमारको आवश्यकता खड्किएको थियो ।

प्रशिक्षक टुचेलले नेयमारको टोलीमा महत्त्व झनै बढेको महसुस गरेका छन् । ‘नेयमारको पुनरागमन राम्रो समयमा भएको छ । एम्बाप्पे र काभानी चोटका कारण बाहिर रहँदा उनले नै हाम्रो आक्रमण सम्हाल्नेछन् । उनी अब पीएसजीमा नै ध्यान केन्द्रित गरेर खेल्नेछन् । हामीले पहिलादेखि यहि नै चाहेका थियौं,’ प्रशिक्षक टुचेलले भने ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.