default_image

5 years ago

September 14, 2019

‘मेस्सीले मलाई राम्रो प्रशिक्षक बनाए’ – मोउरिन्हो

एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले लिओनेल मेस्सीविरुद्ध आफ्नो टोली तयार पार्दा आफू प्रशिक्षकका रुपमा अझै राम्रो बन्न सकेको बताएका छन् । मोउरिन्होले स्पेनिस लिगमा रियल म्याड्रिडको जिम्मेवारी सम्हाल्दा बार्सिलोना मुख्य प्रतिद्वन्द्वीको रुपमा रहेको थियो । त्यसक्रममा मोउरिन्होले मेस्सीलाई रोक्न विभिन्न रणनीति तयार पार्ने गरेका थिए । मेस्सीविरुद्ध रियल म्याड्रिड बाहेकमा पनि मोउरिन्होले सामना गरेका […]

47 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले लिओनेल मेस्सीविरुद्ध आफ्नो टोली तयार पार्दा आफू प्रशिक्षकका रुपमा अझै राम्रो बन्न सकेको बताएका छन् ।

मोउरिन्होले स्पेनिस लिगमा रियल म्याड्रिडको जिम्मेवारी सम्हाल्दा बार्सिलोना मुख्य प्रतिद्वन्द्वीको रुपमा रहेको थियो । त्यसक्रममा मोउरिन्होले मेस्सीलाई रोक्न विभिन्न रणनीति तयार पार्ने गरेका थिए । मेस्सीविरुद्ध रियल म्याड्रिड बाहेकमा पनि मोउरिन्होले सामना गरेका छन् । उनले मेस्सीजस्ता खेलाडीले उनलाई प्रशिक्षकको रुपमा थप राम्रो बन्न सहयोग गरेको बताएका छन् ।

‘ मैले सधैं आफूले प्रशिक्षण दिएका खेलाडीलाई धन्यवाद भन्ने गरेको छु । र जो मैले प्रशिक्षण नदिएका खेलाडी छन् र मेरो विरुद्ध खेलेका छन्, उनीहरुलाई पनि धन्यवाद भन्नुपर्छ,’ मोउरिन्होले थपे, ‘ उदाहरणका लागि मेस्सीले मेरो टोलीबाट कहिल्यै खेलेनन् । तर उनले मलाई उनको विरुद्ध रणनीति बुन्दाबुन्दै राम्रो प्रशिक्षक बनाए । मेस्सीसँगै मैले सामना गरेका अन्य खेलाडीमा पनि यहि लागु हुन्छ ।’

मोउरिन्होले सन् २०१० देखि २०१३ को बिचमा रियलको जिम्मेवारी सम्हालेका थिए । उनले यसक्रममा एक ला लिगा, एक कोपा डेल रे र एक पटक स्पेनिस सुपर कप मात्र जितेका थिए । रियलपछि पुरानो क्लब चेल्सी फर्केका मोउरिन्हो म्यानचेस्टर युनाइटेडमा पनि २ वर्ष प्रशिक्षक रहे । उनी गत सिजनदेखि कुनै क्लबमा आबद्ध छैनन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.