default_image

5 years ago

September 17, 2019

साफ यू-१८ : नेपालको अन्तिम टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले साफ यू-१८ च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक चेतनारायण श्रेष्ठले पोखरामा एक साता लामो क्याम्पपछि २५ सदस्यीय टोलीबाट अन्तिम टोली घोषणा गरेका हुन् । अन्तिम टोलीमा गोलरक्षक रोहित कार्की र मिडफिल्डर दीपेश गुरुङले स्थान बनाउन सकेनन् । नेपालसहित ६ टोली सम्मिलित प्रतियोगिता असोज […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले साफ यू-१८ च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक चेतनारायण श्रेष्ठले पोखरामा एक साता लामो क्याम्पपछि २५ सदस्यीय टोलीबाट अन्तिम टोली घोषणा गरेका हुन् ।

Nepal U16

अन्तिम टोलीमा गोलरक्षक रोहित कार्की र मिडफिल्डर दीपेश गुरुङले स्थान बनाउन सकेनन् । नेपालसहित ६ टोली सम्मिलित प्रतियोगिता असोज ३ देखि हल्चोकस्थित एपीएफ रंगशालामा आयोजना हुँदैछ । नेपालको समूहमा भुटान र माल्दिभ्स रहेका छन् । अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका रहेका छन् । दुवै समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाल यू-१८ राष्ट्रिय फुटबल टोली

गोलरक्षकः विशाल सुनार, सूर्य अधिकारी, पुजन होना

डिफेन्डरः विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्वा, अन्जन महर्जन

मिडफिल्डरः शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा

फरवार्डः ब्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.