default_image

5 years ago

September 22, 2019

मिलानलाई पराजित गर्दै इन्टर शीर्षस्थानमा

एजेन्सी – मिलान डर्वीमा एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । इन्टरको मार्सेलो ब्रोजोभिक र रोमेलु लुकाकुले गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि इन्टरले दोस्रो हाफमा दुई गोल […]

31 views

0 Bookmark

एजेन्सी – मिलान डर्वीमा एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ।

इन्टरको मार्सेलो ब्रोजोभिक र रोमेलु लुकाकुले गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि इन्टरले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो ।

४९औं मिनेटमा ब्रोजोभिकले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले स्टेफानो सेन्सीको पासमा गोल गरेका थिए । ७८औं मिनेटमा रोमेलु लुकाकुले निकोलो बरेलाको पासमा गोल गर्दै इन्टर मिलानलाई २–० को जित दिलाए ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा कम मौका पाएपछि यसै सिजन इन्टर पुगेका रोमेलु लुकाकुले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

जितसँगै इन्टर मिलान सिरी ‘ए’ मा शीर्षस्थानमा उक्लिएको छ । अपराजित इन्टर मिलानले ४ खेलबाट १२ अंक जोडेको छ । इन्टरले दोस्रो स्थानको युभेन्टसलाई २ अंकले पछि पारेको हो । पराजित मिलान ४ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा छ ।

सिरी ‘ए’ को अन्य नतिजा
काग्लिएरीविरुद्ध जिनोआ (–१)
उडिनेसीविरुद्ध ब्रेसिया (०–)
युभेन्टसविरुद्ध हेलास भेरोना (–१)

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.