default_image

5 years ago

September 24, 2019

‘द बेस्ट’ का अवार्ड विजेताहरु

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०१९ को फिफाको ‘द बेस्ट’ खेलाडीको अवार्ड जितेका छन् । मेस्सीले इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्डका भर्जिल भान डाइक र पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यसबर्षको बेस्ट खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले कुल ४६ अंक पादै छैटौपटक अवार्ड जित्न […]

54 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०१९ को फिफाको ‘द बेस्ट’ खेलाडीको अवार्ड जितेका छन् ।

मेस्सीले इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्डका भर्जिल भान डाइक र पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यसबर्षको बेस्ट खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले कुल ४६ अंक पादै छैटौपटक अवार्ड जित्न सफल भए । भान डाइकले ३८ अंक तथा रोनाल्डोले ३६ अंक पाए ।

महिलातर्फ अमेरिकी मेगन रापिनोइले आफ्नै देशकी एलेक्स मोर्गानलाई पछि पार्दै ‘द बेष्ट’ अवार्ड जितेकी छन् । मेगनले ४६ तथा एलेक्सले ४२ मत पाए । तेस्रो स्थानमा रहेका इंग्ल्यान्डकी लुसी ब्रन्जले २९ मत पाए ।

द बेस्टका उत्कृष्टहरु :

पुरुष खेलाडी – लियोनेल मेस्सी (बार्सिलोना–अर्जेन्टिना)

महिला खेलाडी – मेगन रापिनोइ (अमेरिका)

पुरुष प्रशिक्षक – योर्गेन क्लोप (लिभरपुल)

महिला प्रशिक्षक – जिल इल्लिस (अमेरिका)

पुरुष गोलरक्षक – एलिसन बेकर (लिभरपुल–ब्राजिल)

महिला गोलरक्षक – सारी भान भेनेनडाल

पुस्कास अवार्ड – ड्यानियल सोरी (हंगेरी)

फ्यान अवार्ड – सिल्भिया ग्रेको

फेयर प्ले अवार्ड – मार्सेलो विइल्सा (अर्जन्टिना)

फिफा उत्कृष्ट ११ पुरुष

एलिसन, म्याथ्थिज डि लेग्ट, मार्सेलो, सर्जियो रामोस, भर्जिल भान डाइक, फ्रान्की डि जोङ, इडेन अजार्ड, लुका मोड्रिच, क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे र लियोनेल मेस्सी

फिफा उत्कृष्ट ११ महिला

सारी भान भेनेनडाल, लुसी ब्रन्ज, निल्ला फिस्चेर, केल्ली ओ हारा, वेन्डी रिनार्ड, जुली, अमानडिन हेनरी, रोस लाभेली, मार्टा, एलेक्स मोर्गान र मेगन रापिनोइ

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.