default_image

5 years ago

September 27, 2019

साफ यू-१८ : भारत र बंगलादेश फाइनलमा

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) यू-१८ च्याम्पियनसिपका उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् ।

शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा दुवै टोलीले ४-० को जित दर्ता गर्दै उपाधि भिडन्त तय गरेका हुन् । भारतले माल्दिभ्सलाई पराजित गर्दा बंगलादेशले भुटानको चुनौती पन्छाएको थियो । अब आइतबार हुने फाइनलमा समूह बी बाट नै आएका दुई टोलीले खेल्नेछन् । समूह चरणमा यी दुईको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

शुक्रबार भारतले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो । लामो थ्रोमा आएको पासलाई सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका नरेन्द्र गहलटले फ्लिक हेडरमार्फत गोलमा परिणत गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा कर्नरमा आएको बल माल्दिभ्सको डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएपछि भारतले अग्रता दोब्बर पारेको थियो ।

खेलको ७९ औं मिनेटमा भारतले ३-० को अग्रता लियो । कर्नरमा आएको बललाई माल्दिभ्सका गोलरक्षक हसन अलीफले फुस्काएपछि मनवीर सिंहले सहजै गोल गरे । त्यसको ३ मिनेटमै भारतले अग्रता बढायो । मीतेइ निन्थोइङबाले कर्नरमा आएको रिबाउन्डलाई पेनाल्टी क्षेत्रबाहिरबाट शक्तिशाली भलीमा गोल गरेका थिए ।

त्यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ४-० ले नै पराजित गरेको थियो । पहिलो हाफमा ३ गोल गरेको बंगलादेशले दोस्रो हाफको इन्ज्युरी समयमा गोल थप्दै सहज जित दर्ता गरेको थियो । आइतबार भुटान र माल्दिभ्सले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दा भारत र बंगलादेशबीच उपाधिका लागि भिडन्त हुनेछ ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.