default_image

5 years ago

October 7, 2019

साफ यू १५ खेल्न नेपाली टोली भुटानतर्फ

काठमाडौं (हाम्रो खेलकुद) –भुटानमा आयोजना हुने महिला साफ यू १५ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्प्यिनसिप असोज २२ गते देखि २८ गते सम्म सन्चालन हुनेछ । ७ दिन सम्म चल्ने प्रतियोगितामा ४ देशको सहभागिता रहेको छ । नेपाल, आयोजक भुटान, बंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –भुटानमा आयोजना हुने महिला साफ यू १५ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्प्यिनसिप असोज २२ गते देखि २८ गते सम्म सन्चालन हुनेछ । ७ दिन सम्म चल्ने प्रतियोगितामा ४ देशको सहभागिता रहेको छ ।

नेपाल, आयोजक भुटान, बंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिग पछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले असोज २२ गते भारतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले त्यसको दुई दिनपछि असोज २६ गते आयोजक टोलीको सामना गर्नेछ । फाइनल असोज २८ गते हुनेछ ।

नेपाली टोली

खेलाडी – मन्दिरा राई, पुष्पा गुरुङ, अमिषा कार्की, सुरक्षा सुखरिया, निकिता थोकर, मनमाया दमाई, ममता पुन, अनु राई, मनिषा राउत, कुमारी तामाङ, सुनकला राई, लिला जोशी, देब्या मगर, प्रतिक्षा चौधरी, मन्जुकुमारी खड्का, अष्मिता रानापाल, सुष्मा घर्तिमगर, सविना चौधरी, सावित्री किसन, पुजना थापा, प्रिति राई, सरु हमा र सरा बज्राचार्य ।

प्रशिक्षक टोली – राकेश श्रेष्ठ (मुख्य) , भगवती थापा (सहायक), मिनबहादुर बस्नेत (गोलकिपर प्रशिक्षक )

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.