default_image

5 years ago

October 7, 2019

म्यानचेस्टर युनाइटेड फेरि पराजित

एजेन्सी – म्याथ्यु लङस्टाफले प्रिमियर लिगमा डेब्यु गोल गरेको खेलमा न्युक्यासलले म्यानचेस्टर युनाइटेड १–० ले हराएको छ । १९ वर्षे लङस्टाफले ७२ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई जित दिलाए । जारी लिगका ८ खेलमा युनाइटेडको यो तेस्रो हार हो । दुवै टोलीले गोलको मौका पाए पनि सफल भएनन् । पहिलो हाफको अन्त्यतिर युनाइटेडका हेरी […]

32 views

0 Bookmark

एजेन्सी – म्याथ्यु लङस्टाफले प्रिमियर लिगमा डेब्यु गोल गरेको खेलमा न्युक्यासलले म्यानचेस्टर युनाइटेड १–० ले हराएको छ । १९ वर्षे लङस्टाफले ७२ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई जित दिलाए । जारी लिगका ८ खेलमा युनाइटेडको यो तेस्रो हार हो ।

दुवै टोलीले गोलको मौका पाए पनि सफल भएनन् । पहिलो हाफको अन्त्यतिर युनाइटेडका हेरी मागुइरीको हेड गरेको बल पोष्ट नजिकबा बाहिरियो । त्यस्तौ न्युक्यासलका लङस्टाफको अर्को प्रहार पोष्टमा ठोक्कियो ।

प्रशिक्षकका रुपमा प्रिमियर लिगमा ४ सय खेल पुरा गरेका स्टिभ ब्रुसेले पुर्व क्लबविरुद्ध पहिलो जित हासिल गरेका छन् । जितपछि न्युक्यासल ८ अंकसहित १६ औं स्थानमा उक्लेको छ । ९ अंक जोडेको युनाइटेड १२ औं स्थानमा झरेको छ ।

आइतबार म्यानचेस्टर सिटी पनि स्तब्ध भएको थियो । अन्य खेलमा आर्सनल र चेल्सी भने विजयी भएका छन् । सिटी वोल्भरह्याम्टन वान्डर्सससँग २–० ले पराजित भएको थियो । आर्सनलले एएफसी बोर्नमाउथलाई १–० ले हरायो ।

अर्को खेलमा चेल्सीले साउथह्याम्टनमाथि ४–१ को जित हासिल गरेको थियो । लिभरपुल २४ अंकसहित शीर्षस्थामा छ भने दोस्रो सिटीको १६ अंक, तेस्रो आर्सनलको १५, चौथो लेस्टर र पाँचौं चेल्सीको समान १४ अंक छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.