default_image

5 years ago

October 9, 2019

‘नेपालविरुद्ध सकेसम्म धेरै गोल गर्छौं’ – अष्ट्रेलियाका प्रशिक्षक आर्नोल्ड

सुबास हुमागाईं, क्यानबेरा नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको तेस्रो खेलमा अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा बोल्दै अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालविरुद्ध आक्रामक रणनीतिमा धेरै गोल गर्न खेल्ने बताएका छन् । नेपाल र अष्ट्रेलिया दुवैले छनोटअन्तर्गत १-१ खेल जितेका छन् । नेपाल पहिलो खेलमा कुवेतविरुद्ध ७-० ले पराजित भएपनि दोस्रो […]

49 views

0 Bookmark

सुबास हुमागाईं, क्यानबेरा

नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको तेस्रो खेलमा अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा बोल्दै अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालविरुद्ध आक्रामक रणनीतिमा धेरै गोल गर्न खेल्ने बताएका छन् ।

नेपाल र अष्ट्रेलिया दुवैले छनोटअन्तर्गत १-१ खेल जितेका छन् । नेपाल पहिलो खेलमा कुवेतविरुद्ध ७-० ले पराजित भएपनि दोस्रो खेलमा चाइनिज ताइपेइसँग २-० को जित दर्ता गर्न सफल रहेको थियो । अष्ट्रेलियाले खेलेको एकमात्र खेलमा कुवेतलाई ३-० ले पराजित गरेको छ । अष्ट्रेलियाको क्यानबेरास्थित जियो रंगशालामा हुने खेल बिहिबार नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

नेपालको स्थितिबारे बोल्दै अष्ट्रेलियाका प्रशिक्षक आर्नोल्डले नेपालबारे जानकार रहेको अभिव्यक्ति दिए । ‘ अहिलेको आधुनिक फुटबलमा हामीले पुराना खेलहरु हेर्दै नेपालको बारेमा जानकारी प्राप्त गरेका छौं । नेपालले खेलेका दुवै खेल हामीले नजिकबाट नियालेका छौं । हामीले नेपालको पक्ष भन्दापनि आफ्नो पक्षलाई ध्यान दिइरहेका छौं । ८० प्रतिशत आफ्नो बारे र २० प्रतिशत विपक्षी टोलीबारे सोचेर आफ्नो योजना बुन्ने हो । हामीले उनीहरुको बलियो पक्षलाई निस्तेज पार्ने र कमजोर पक्षको फाइदा उठाउन सक्दो प्रयास गर्नेछौं,’ उनले भने ।

नेपाल र अष्ट्रेलियाले कुवेतविरुद्धको हासिल गरेको नतिजा हेर्दा कागजमा अष्ट्रेलिया निकै बलियो देखिन्छ । दुवै टोलीको स्तर हेर्दा नेपालले फराकिलो अन्तरको हार बेहोर्ने सम्भावना पनि छ । प्रशिक्षक आर्नोल्डले नेपालविरुद्ध सक्दो धेरै गोल गर्न तयार रहेको बताए । ‘ मलाई विपक्षी टोलीभन्दा आफ्नो टोलीसँग मतलब छ । हामीले सकेसम्म राम्रो प्रदर्शन गर्दै धेरै भन्दा धेरै गोल गर्नेछौं । हामी प्राविधिक, रणनीतिक र शारीरिक रुपमा नै विपक्षी भन्दा बलियो छौं । मानसिक रुपमा हामीले खेल कसरि लिन्छौं भन्ने हो र त्यसमा हामी कुनै कसर छाड्नेछैनौं,’ उनले थपे ।

अष्ट्रेलियाको टोलीमा प्रिमियर लिग, बुन्डेसलिगा लगायत युरोपेली लिगका शीर्ष लिगमा खेल्ने खेलाडीहरु रहेका छन् । नेपालमा भने विदेशी लिग खेल्ने तीन खेलाडी छन् । स्तर, पुराना नतिजा र इतिहासको हिसाबमा पनि अष्ट्रेलिया नेपालभन्दा निकै बलियो टोली हो ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.