default_image

4 years ago

October 9, 2019

‘युभेन्ट्समा नै बस्न चाहन्छु’

एजेन्सी – युभेन्ट्सका स्टार पाउलो डिबेलालेले क्लब छाड्न नचाहेको प्रष्ट पारेका छन् । म्यानचेस्टर युनाइटेड र टोटेनह्यम जाने चर्चाका बीच अर्जेन्टिनी फरवार्डको सम्झौता अन्तिम समयमा हुन नसकेको बताइएको थियो । तर, त्यसता डिबेलाले आफुले कहिले पनि क्लब छाड्न नचाहको बताएका छन् । ‘यो पहिलो पटक भएको हैन । तपाईको नाम जता पनि आउँदा खुसी लाग्छ […]

32 views

0 Bookmark

एजेन्सी – युभेन्ट्सका स्टार पाउलो डिबेलालेले क्लब छाड्न नचाहेको प्रष्ट पारेका छन् । म्यानचेस्टर युनाइटेड र टोटेनह्यम जाने चर्चाका बीच अर्जेन्टिनी फरवार्डको सम्झौता अन्तिम समयमा हुन नसकेको बताइएको थियो । तर, त्यसता डिबेलाले आफुले कहिले पनि क्लब छाड्न नचाहको बताएका छन् ।

‘यो पहिलो पटक भएको हैन । तपाईको नाम जता पनि आउँदा खुसी लाग्छ । तर यो फुटबल हो ,’ उनले भने ,’ मैले भन्दै आएको छु । म यहि बस्न चाहन्छु । जति बेला सम्म यहाँ रहन्छु आफुलाई मैदानमा प्रमाणित गर्न चाहन्छु । ‘ उनले युभेन्ट्समा खेल जीवनलाई निरन्तरता दिन चाहेको पनि बताएका छन् ।’

‘म यहि खेल्न चाहन्छु । मलाई लाग्छ इन्टर मिलानविरुद्ध जस्तो प्रदर्शन म दिन सक्छु । म मानसिक र शारीरिक दुवै हिसाबले चुस्त छु,’ उनले थपे, ‘म प्रशिक्षक माउरिजियो सारीसँग प्रभावित छु । उनसँगको सहकार्यमा मलाई खुसी लाग्छ । सारी र पूर्व प्रशिक्षक एलिग्रीको खेलाउने आ आफ्नै तरिका छ ।’ सारीलाई पनि डिबेलालाई पनि नियमित पहिलो रोजाईमा कसरी राख्ने भन्ने चिन्ता छ । उनले यो सिजनले ७ खेल खेल्दै १ गोल गरेका छन् ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.