default_image

5 years ago

October 10, 2019

अप्रत्याशित नतिजाको झिनो आशा!

सुबास हुमागाईं, क्यानबेरा भनिन्छ,’सुखद नतिजाको अपेक्षा गरौं, खराब नतिजाका लागि पनि तयार रहौं ।’ नेपाली राष्ट्रिय फुटबल टोलीले आज अष्ट्रेलियाको सामना गर्दा सायद यहि पंक्ति बढी सान्दर्भिक हुन सक्छ । नेपाली एक महिनाअघि कुवेतसँग ७–० ले हारेपछि धेरैलाई लागेको थियो, विश्व कप छनोटमा हाम्रो यात्रा लज्जास्पद हुन सक्छ । तर, ५ दिनको फरकमा टोली सम्हालियो […]

48 views

0 Bookmark

सुबास हुमागाईं, क्यानबेरा

भनिन्छ,’सुखद नतिजाको अपेक्षा गरौं, खराब नतिजाका लागि पनि तयार रहौं ।’ नेपाली राष्ट्रिय फुटबल टोलीले आज अष्ट्रेलियाको सामना गर्दा सायद यहि पंक्ति बढी सान्दर्भिक हुन सक्छ । नेपाली एक महिनाअघि कुवेतसँग ७–० ले हारेपछि धेरैलाई लागेको थियो, विश्व कप छनोटमा हाम्रो यात्रा लज्जास्पद हुन सक्छ । तर, ५ दिनको फरकमा टोली सम्हालियो ।

भदौ १९ गते फराकिलो हारले स्तब्ध भएको नेपाली टोलीले चाइनिज ताइपेलाई उसै मैदानमा २–० को जित निकालेको थियो । न त नेपालसँग कुवेतको त्यति फराकिलो हार होला भन्ने थियो । न कुवेतसँगको त्यो हारपछि टोलीले चाइनिज ताइपेमाथि त्यो रवाफ देखाउँछ भन्ने थियो । फुटबल हो, सबै खाले नतिजा सम्भव छ ।

सायद, नेपाली फुटबलको इतिहासमा अष्ट्रेलियाविरुद्ध आज हुने खेल सायद लामो समय चर्चाको विषय बन्न सक्छ । नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । फुटबल इतिहास हेर्दा नेपाल र अष्ट्रेलियाको कहि कतै तुलना गर्न मिल्दैन । छनोटकै प्रदर्शन र इतिहास हेर्ने हो भने अष्ट्रेलियाले नेपाललाई हराउने लगभग निश्चित छ ।

अष्ट्रेलिया टोलीका अधिकांश सदस्य युरोपमा व्यवसायिक फुटबल खेल्छन् । यता नेपाली टोलीका ३ खेलाडी गोलकिपर एवंम कप्तान किरण चेम्जोङ, रोहित चन्द र विमल घर्तिमगरसँग मात्र विदेशी क्लबमा खेलेको अनुभव छ । तर, फुटबल हो अन्तिम सिठ्ठी नबझ्दा सम्म पनि आशा र सम्भावना रहन्छ ।

नेपाललाई फराकिलो हार चखाउने कुवेतलाई अष्ट्रेलियाले ३–० ले हराइसकेको छ । जोर्डन पनि रहेको समूहमा अष्ट्रेलिया सबैभन्दा बलियो टोली हो । फिफा वरियतामा अष्ट्रेलिया ४४ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं ।

सबै परिस्थिति नियालेका नेपाली टोलीका प्रशिक्षक योहान कालिनले यसैले जित बराबरी भन्दा पनि अप्रत्याशित नतिजाको आशा सम्म राखेका छन् । नेपाली टोलीमाथि मानसिक दबाब पक्कै रहन्छ । बलियो टोली र त्यसमाथि उसकै मैदान , सहज पक्कै हुने छैन । नेपाली टोलीको मनोबल बढाउने एउटा पक्ष भने अष्ट्रेलियामा रहेका नेपालीले टोलीलाई दिने साथ हो । अर्को पक्ष नेपालले खेलका लागि अष्ट्रेलियामै पुगेर एक साता लामो बन्द प्रशिक्षण पनि हो ।

अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालविरुद्ध आक्रामक खेल्ने र बढी भन्दा बढी गोल गर्ने योजनाले पनि नेपाली टोलीमाथि दबाब दिने प्रयास गरेका छन् । त्यो रणनीति अस्वभाविक होइन । अष्ट्रेलियालाई नेपालविरुद्ध आक्रमण गर्न जति चुनौति छ त्यो भन्दा निकै गुणा चुनौति नेपाली टोलीलाई उनीहरुलाई रोक्नुमा छ ।

नेपालले फुटबलमा सबै खाले नतिजाको आत्मसात गरिसकेको छ । सन् २००३ मा दक्षिण कोरियासँग १६–० को अहिले सम्मकै ठूलो हार बेहोरेको इतिहास छ । अर्को सन् २०११ मा विश्व कप छनोटमै जोर्डनसँग ९–० को हार बेहोरेको ५ दिन पछि त्यहि टोलीसँग १–१ को बराबरी खेलेको पनि इतिहास छ । नेपाली फुटबलका लागि आज अर्को इतिहास बन्ने क्रममा छ । आशा गरौं इतिहास नेपालकै पक्षमा बनोस् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.