5 years ago
October 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा जारी महिला साफ यू १५ च्याम्प्यिनसिपमा बंगलादेशविरुद्धको खेलको पहिलो हाफमा नेपाल २–० ले पराजित भएको छ । पूर्व विजेता बंगलादेशका लागि १२ औं मिनेटमा साहेदा अख्तरले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।
थिम्पुस्थित चाङलिमिथाङ रंगशालमा कप्तान समसुन्नहारले २५ औं पनोल्टीमा गोल गरिन् । आजको खेलमा हारेमा नेपाल च्याम्पियनसिपबाट लगभग बाहिरिनेछ । राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले आइतबार भुटानको सामना गर्नेछ ।
नेपाली टोली पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको थियो । अघिल्ला दुवै संस्करणमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । दुई वर्षअघि भएको पहिलो संस्करणको विजेता बंगलादेश गत वर्ष उपविजेता बनेको थियो ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]