default_image

4 years ago

October 13, 2019

रोनाल्डोको नाममा रंगशाला नामाकरण हुने

एजेन्सी – पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनले आफ्ना सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाममा रंगशाला नामाकरण गर्ने बताएका छन् । स्पोर्टिङ लिस्वन क्लबका अध्यक्ष फेडरिको भरानडासले रोनाल्डो क्लबको एक सिम्वोल रहेको र क्लबको जोसे अलभालाडे स्टेडियम उनकै नाममा नामाकरण गर्ने तयारी भइरहेको बताएका छन् ।   ‘हाम्रो क्लबको सान रोनाल्डो अहिले व्यावसायिक फुटबलमा व्यस्त छन् । […]

86 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनले आफ्ना सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाममा रंगशाला नामाकरण गर्ने बताएका छन् ।

स्पोर्टिङ लिस्वन क्लबका अध्यक्ष फेडरिको भरानडासले रोनाल्डो क्लबको एक सिम्वोल रहेको र क्लबको जोसे अलभालाडे स्टेडियम उनकै नाममा नामाकरण गर्ने तयारी भइरहेको बताएका छन् ।

 

‘हाम्रो क्लबको सान रोनाल्डो अहिले व्यावसायिक फुटबलमा व्यस्त छन् । जुन दिन उनले सबै खाले फुटबलबाट सन्न्यासको घोषणा गर्नेछ । त्यसपछि उनको बाल्यकलको क्लब स्पोर्टिङको मैदानलाई रोनाल्डोको नाममा नामाकरण गर्ने प्रयास गर्नेछौं । रोनाल्डो हाम्रो गर्व हो । हाम्रो मात्र होइन उनी विश्वकै गर्विलो खेलाडी हुन्।’

अध्यक्ष फेडरिकोले टुटो स्पोर्टस् टीभीसँगको अन्तरवार्तामा भने, ‘उनी लिस्वन एकेडेमीको उत्पादन मध्ये सबैभन्दा ठुलो ‘प्रतीक’ हुन्। उनकै सम्मानमा स्टेडियम रोनाल्डोको नाममा नामाकरण गर्ने विचार गरेका हौ । यसो हुन सके नयाँ पुस्ताका लागि पनि खेलमा लाग्न प्रेरित हुनेमा विश्वस्त छौं ।’

 

अध्यक्ष फेडरिकोले अहिले पनि स्टेडियमको वरिपरि रोनाल्डोको पोस्टरहरु राखिएको बताएका छन् । ‘उनी पोर्चुगलको खेलाडी हुन्। आधुनिक फुटबलको सर्वश्रेष्ठ खेलाडी हुन् । रोनाल्डो क्लब छाडेको १७ वर्ष पुरा भएको छ । रंगशाला रोनाल्डाको नाममा नामाकरण गरिए उनी पक्कै खुशी हुनेछन् ।’

अध्यक्ष फेडरिकोले थपेका छन् । ५० हजार दर्शक क्षमताको हालको जोसे अलभालाडे स्टेडियम क्लबको संस्थापक पहिलो सदस्यको नाममा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.