एजेन्सी – अर्काे वर्ष पोर्चुगलमा आयोजना हुने युरो कपका लागि स्थान सुरक्षित गरिसकेको बेल्जियमले युरो छनोटमा आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् ।
आइतबार राति काजाकास्तानमाथि २–० को सहज जित निकाल्दै बेल्जियम युरो छनोटमा लगातार आठौं खेलसम्म अपराजित रह्यो । बेल्जियमले ८ खेलमा ३० गोल गर्दा एक गोल मात्रै बेहोरेको छ । अस्ताना एरिनामा भएको खेलमा बेल्जियमलाई जिताउन मिचे बात्सुयाई र थोमस म्युनियरले गोल गरे ।
खेलको ३५औं मिनेटमा बात्सुयाईको गोलबाट बेल्जियमले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ५३औं मिनेटमा म्युनियरले गोल गर्दै बेल्जियनको २–० को जित सुनिश्चित गरे । जितसँगै बेल्जियम समूह ‘आई’ मा ८ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित काजाकास्तान ७ अंकसहित चौथो स्थानमा छ ।