default_image

5 years ago

October 14, 2019

शानदार जित निकाल्दै रुस युरोकपमा छनोट

एजेन्सी – रुस अर्काे वर्ष पोर्चुगलमा अयोजना हुने युरोकपमा छनोट हुने तेस्रो टोली बनेको छ । आइतबार राति भएको खेलमा साइप्रसमाथि ५–० को शानदार जित निकाल्दै रुस युरोकपमा छनोट हुने तेस्रो टोली बनेको हो । यसअघि बेल्जियम र इटालीले युरोकपको टिकट पक्का गरेको थियो । समूह ‘आई’को खेलमा रुसले १० खेलाडीमा सिमित साईप्रसमाथि फराकिलो जित […]

32 views

0 Bookmark

एजेन्सी – रुस अर्काे वर्ष पोर्चुगलमा अयोजना हुने युरोकपमा छनोट हुने तेस्रो टोली बनेको छ । आइतबार राति भएको खेलमा साइप्रसमाथि ५–० को शानदार जित निकाल्दै रुस युरोकपमा छनोट हुने तेस्रो टोली बनेको हो ।

यसअघि बेल्जियम र इटालीले युरोकपको टिकट पक्का गरेको थियो । समूह ‘आई’को खेलमा रुसले १० खेलाडीमा सिमित साईप्रसमाथि फराकिलो जित निकाल्दा डेनिस चेरेसेभले दुई तथा मागोमेड ओजदोइभ, अर्टिम ज्युभा र एलेकसन्दार गोलोभिनले समान १–१ गोल गरे ।

डेनिस चेरसेभले नवौ मिनेटमा गोल गर्दै रुसलाई सुरुवाती अग्रता दिलाएका थिए । मागोमेड ओजदोइभले २२औं मिनेटमा रुसको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले अघि बढेको रुसले दोस्रो हाफमा थप तीन गोल थप्यो । अर्टिम ज्युभाले ७९औं मिनेटमा रुसका लागि तेस्रो गोल गरे । एलेक्सन्दार गोलोभिनले ८९औं मिनेटमा रुसलाई ४–० ले अघि बढाए । इन्ज्युरी समयमा चेरसेभले ब्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई ५–० को फराकिलो जित दिलाए ।

दुई खेल बाँकी रहँदा रुसले समुह आईमा तेस्रो स्थानको साईप्रससँग ११ अंकको अग्रता लियो । रुसले ८ खेलबाट २१ अंक जोड्यो । शीर्ष स्थानको बेल्जियमले २४ अंक बटुल्यो । साईप्रस १० अंक सहित तेस्रो स्थानमा रह्यो ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.