default_image

5 years ago

October 15, 2019

बुल्गेरियाको पोस्टमा इंग्ल्यान्डको आधा दर्जन गोल

एजेन्सी – रहिम स्ट्रलिङ र रोस बार्कलीको दुई–दुई गोल मद्दतमा इंग्ल्यान्डले युरोकप छनोटमा बुल्गेरियामाथि प्रभावशाली जित निकालेको छ । इंग्ल्यान्डले घरेलु टोली बुल्गेरियामाथि ६–० को प्रभावशाली जित निकालेको हो । सोफियामा सोमबार राति भएको खेलमा कप्तान ह्यारी केन र मार्कुस रासफोर्डले गोल गरे । इंग्ल्यान्डले पहिलो हाफमै ४–० को आरादायी अग्रता लिदा दोस्रो हाफमा थप […]

32 views

0 Bookmark

एजेन्सी – रहिम स्ट्रलिङ र रोस बार्कलीको दुई–दुई गोल मद्दतमा इंग्ल्यान्डले युरोकप छनोटमा बुल्गेरियामाथि प्रभावशाली जित निकालेको छ । इंग्ल्यान्डले घरेलु टोली बुल्गेरियामाथि ६–० को प्रभावशाली जित निकालेको हो ।

सोफियामा सोमबार राति भएको खेलमा कप्तान ह्यारी केन र मार्कुस रासफोर्डले गोल गरे । इंग्ल्यान्डले पहिलो हाफमै ४–० को आरादायी अग्रता लिदा दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो ।

खेलको सातौ मिनेटमा रासफोर्डको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता लिएको थियो । उनले रोस बार्कलीको पासलाई सदुपयोग गरेका थिए । २०औं मिनेटमा रहिमको पासमा बार्कलीले गोल गर्दै अग्रता दोब्बर पारे ।

३२औं मिनेटमा बार्कलीले ह्यारी केनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्यान्डले खेलमा ३–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा रहिम स्ट्रलिङले कप्तान केनको पासमा गोल गर्दा इंग्ल्यान्डले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भयो ।

६९औं मिनेटमा रहिमले केनकै पासमा गोल गरेपछि इंग्ल्यान्ड घरेलु टोलीविरुद्ध फराकिलो जिततर्फ अग्रसर बन्यो । ३ गोलका लागि असिस्ट दिएका कप्तान रहिमले ८५औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ६–० को फराकिलो जित दिलाए । घरेलु टोलीले भने कुनैपनि समय इंग्ल्यान्डको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।

जितसँगै समूह ‘ए’ मा इंग्ल्यान्ड ६ खेलबाट १५ अंक जोडेर शीर्षीथानमा रहेको छ । पराजित बुल्गेरिया ३ अंकसहित पुछारमा छ ।

यही समूहको अर्काे खेलमा कोसोभोले मोन्टनेग्रोमाथि २–० को जित निकाल्यो । जितसँगै कोसोभो ६ खेलबाट ११ अंकसहित तेस्रो स्थानमा छ । मोन्टेनेग्रो ३ अंकसहित चौथो तथा चेक रिपब्लिक १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.