default_image

4 years ago

October 15, 2019

रोनाल्डोको ७ सय गोल पुरा

एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका छन् । सोमबार राति युरोकप छनोट अन्तर्गत युक्रेनविरुद्व २–१ ले पराजित भएको खेलमा ३४ वर्षे कप्तान रोनाल्डोले पेनाल्टीमार्फत करियरको ७ सय गोल पुरा गरेका हुन् । रोनाल्डोले आफ्नो ९ सय ७३ खेलमा ७०० गोलको आँकडा भेट्टाउदै लेजेन्ड खेलाडीको सुचीमा […]

20 views

0 Bookmark

एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका छन् । सोमबार राति युरोकप छनोट अन्तर्गत युक्रेनविरुद्व २–१ ले पराजित भएको खेलमा ३४ वर्षे कप्तान रोनाल्डोले पेनाल्टीमार्फत करियरको ७ सय गोल पुरा गरेका हुन् ।

रोनाल्डोले आफ्नो ९ सय ७३ खेलमा ७०० गोलको आँकडा भेट्टाउदै लेजेन्ड खेलाडीको सुचीमा अटाएका छन् । उनी करियरमा सर्वाधिक गोल गर्ने छैटौ खेलाडी बनेका छन् ।

उनी लेजेन्डहरु जोसेफ बिकान, रोमारियो, पेले, फेरेन्क पुस्कास र गर्ड मुलरसँगै ७०० गोलको क्लबमा जोडिएका हुन् । रोनाल्डो चेक रिपब्लिकका जोसेफ बिकान (८०५), ब्राजिलका रोमारियो (७७२), पेले (७६७), हंगेरीका लिजेण्ड फेरेन्क पुस्कास (७४६) र जर्मनीका गर्ड मुलर (७३५) गोलभन्दा मात्रै पछि छ ।

पोर्चुगलका सर्वाधिक गोलकर्ता समेत रहेका रोनाल्डोले १६२ खेलमा ९५औं गोल गरेका छन् । राष्ट्रका लागि गोल गर्नेमा उनी इरानी फरवार्ड अली दाई (१०९) भन्दा मात्रै पछि छ ।

रोनाल्डोको ७०० गोलको आँकडा
स्पोर्टिङ लिस्वन (२००२–२००३) – ३१ खेलमा ५ गोल
म्यानचेस्टर युनाइटेड (२००३–२००९) – २९२ खेलमा ११८ गोल
रियाल म्याड्रिड (२००९–२०१८) – ४३८ खेलमा ४५० गोल
युभेन्टस् (२०१८– हालसम्म) – ५१ खेलमा ३२ गोल
पोर्चुगल २००३–हालसम्म) १६२ खेलमा ९५ गोल

 

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.