5 years ago
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तरगत नेपाल र जोर्डनबीचको खेल एनटिभी प्लस एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । एनटिभी प्लस एचडीले एक साताअघि नेपाल र अष्ट्रेलियाबीचको खेलको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।
एनटीभी प्लसले विश्वकपको प्रसारण अधिकार पाएको इंग्ल्यान्डको आइएमजी समूहसँग प्रसारण अधिकार लिदै प्रत्यक्ष प्रसारणको अधिकार लिएको हो ।
नेपाल र जोर्डनबीचको खेल जोर्डनस्थित अम्मान अन्तर्राष्ट्रिय रंगशालामा राति ९:४५ बजे सुरु हुनेछ । बलियो जोर्डनविरुद्ध नेपाल अंक खोस्ने लक्ष्यमा हुनेछ ।
समूह चरणको तीन खेल सकिदा नेपाल ३ अंक जोडेर चौथो स्थानमा रहेको छ । अपराजित जोर्डन २ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]