default_image

5 years ago

October 15, 2019

ताइपेइमाथि अष्ट्रेलियाको फराकिलो जित

एजेन्सी – कतार विश्वकप अन्तरगतको एसिया क्षेत्रको दोस्रो चरणको छनोट खेलमा एसियाली पावरहाउस अष्ट्रेलियाले चाइनिज ताइपेइमाथि फराकिलो जित निकालेको छ । अष्ट्रेलियाले ताइपेइलाई उसकै मैदानमा ७–१ को फराकिलो जित निकालेको हो । अष्ट्रेलियाको फराकिलो जितमा एडम ट्यागगार्ट, ज्याक्सन इरभिन र ह्यारी साउटरले समान २–२ तथा जेमी म्याकलरेमले एक गोल गरे । ताइपेइका यि विइ चेनले […]

24 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप अन्तरगतको एसिया क्षेत्रको दोस्रो चरणको छनोट खेलमा एसियाली पावरहाउस अष्ट्रेलियाले चाइनिज ताइपेइमाथि फराकिलो जित निकालेको छ ।

अष्ट्रेलियाले ताइपेइलाई उसकै मैदानमा ७–१ को फराकिलो जित निकालेको हो । अष्ट्रेलियाको फराकिलो जितमा एडम ट्यागगार्ट, ज्याक्सन इरभिन र ह्यारी साउटरले समान २–२ तथा जेमी म्याकलरेमले एक गोल गरे । ताइपेइका यि विइ चेनले सान्त्वना गोल फर्काए ।

अष्ट्रेलियाले खेलको १२औं मिनेटमा एडम ट्यागगार्टको गोलबाट खेलमा शुरुवाती अग्रता बनाएको थियो । १९औं मिनेटमा एडमले नै अष्ट्रेलियाको अग्रता दोब्बर पा¥यो । २१औं मिनेटमा यि विइ चेनले गोल गर्दै गोल अन्तर २–१ मा ल्याएका थिए ।

३४औं मिनेटमा ज्याक्सन इरभिनले गोल गर्दै अष्ट्रेलियालाई खेलमा ३–१ को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै ज्याक्सन इरभिनले व्यक्तिगत दोस्रो गोल गर्दा अष्ट्रेलिया पहिलो हाफमा ४–१ को आरामदायी स्थितिमा पुगेको थियो ।

अष्ट्रेलियाले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । ७३औं मिनेटमा ह्यारी साउटरले गोल थपे । ८४आं मिनेटमा जेमीले गोल गर्दै अष्ट्रेलियालाई फराकिलो जिततर्फ अग्रसर गराए । ८८औं मिनेटमा ह्यारी साउटरले गोल गर्दै अष्ट्रेलियालाई ७–१ को फराकिलो जित दिलाए ।

जितसँगै अपराजित रहेको अष्ट्रेलिया ३ खेलबाट ९ अंक जोडेर समूह ‘बी’ मा शीर्षस्थानमा रहेको छ । ताइपेइ ३ खेलबाट अंक विहीन हुदै पुछारमा छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.