default_image

5 years ago

October 15, 2019

विश्वकप छनोट : जोर्डनसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको छ । पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । जोर्डनले पहिलो गोल ५६ अौं मिनेटमा पेनाल्टीमार्फत गरेको थियो । दिनेश राजवंशीले पेनाल्टी क्षेत्रभित्र विपक्षीलाई लडाएपछि प्राप्त […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको छ ।

पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । जोर्डनले पहिलो गोल ५६ अौं मिनेटमा पेनाल्टीमार्फत गरेको थियो । दिनेश राजवंशीले पेनाल्टी क्षेत्रभित्र विपक्षीलाई लडाएपछि प्राप्त पेनाल्टीमा फेरास सेल्बाए चुकेनन् ।

खेलको ७८ अौं मिनेटमा अहमद अल-एर्सानले चिप प्रहारमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । खेल सकिन २ मिनेट बाँकी रहँदा बाहा फैसलले हेडरमार्फत गोल गर्दै जोर्डनको जित सुनिश्चित गरे ।

नेपालको छनोट यात्रामा यो तेस्रो हार हो । नेपालले ४ खेलमा १ जित र ३ हारसहित ३ अंक जोडेको छ ‌।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.