5 years ago
October 17, 2019
भरतपुर (हाम्रो खेलकुद) – चितवन११ ले टुबोर्ग जेसीज विकास रनिङ शिल्डमा विजयी सुरुआत गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा चितवन–११ ले मकवानपुर–११ लाई ३–२ गोलअन्तगरले पराजित ग¥यो ।
पहिलो जितबाटै चितवन सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ए’ मा रहेको चितवनले बाईको फाइदा लिएर एकै जितबाट सेमिफाइनल पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा चितवनका तर्फबाट रुमेस बर्तौलाले दुई गोल गरे भने अर्को एक गोल अनिश श्रेष्ठले गरे ।
म्यान अफ दी म्याच रुमेसले पहिलो हाफको ३५ औं र दोस्रो हाफको पाँचौं मिनेटमा गोल गरेका हुन् । उनले नगद १० हजारसहित ट्रफी पाए । चितवनका तर्फबाट अनिसले दोस्रो हाफको २६ औं मिनेटमा गोल गरे ।
मकवानपुरका तर्फबाट रवि भण्डारीले दोस्रो हाफको २३ औं र कृष्ण रुम्बाले २७ औं मिनेटमा गोल गरे । प्रतियोगितामा दोस्रो दिन भोलि नेपाल पुलिस क्लब र सरस्वती युवा क्लब काठमाडौंले प्रतिस्पर्धा गर्ने प्रचार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।
यी दुईबीचको विजेता पनि सेमिफाइनल पुग्नेछ । नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ ।
प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद् कृष्णभक्त पोखरेलले उद्घाटन गरेका थिए ।
सो क्रममा विभिन्न झाँकी प्रस्तुत गरिएका थिए । उद्घाटन कार्यक्रम नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]