default_image

4 years ago

October 19, 2019

युवा स्टार ग्रीनवुड युनाइटेडमै रहने

एजेन्सी – इंग्ल्यान्डका युवा स्टार मासन ग्रीनउडले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा सम्झौता नवीकरण गरेका छन् । ग्रीनवुडले सम्झौता अवधि एक वर्ष बाँकी छदै शुक्रबार युनाईटेडसँग नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब उनी जुन २०२३ सम्म युनाइटेडमा रहने छन् । इंग्ल्यान्डको यु–२१ टोलीका महत्वपुर्ण सदस्य रहिसकेका १८ वर्षे ग्रीनवुड युनाइटेडकै उत्पादन हुन् । २०१८ […]

21 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका युवा स्टार मासन ग्रीनउडले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा सम्झौता नवीकरण गरेका छन् । ग्रीनवुडले सम्झौता अवधि एक वर्ष बाँकी छदै शुक्रबार युनाईटेडसँग नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अब उनी जुन २०२३ सम्म युनाइटेडमा रहने छन् । इंग्ल्यान्डको यु–२१ टोलीका महत्वपुर्ण सदस्य रहिसकेका १८ वर्षे ग्रीनवुड युनाइटेडकै उत्पादन हुन् ।

२०१८ मा व्यवसायिक रुपमा युनाइटेडमा अनुबन्धित भएका ग्रीनवुडले गत मेमा कार्डिभ सिटीविरुद्व डेब्यु गर्ने मौका पाएका थिए । उनी युनाइटेडबाट डेब्युमै पुरा समय खेल्ने खेलाडीको सुचीमा छन् । त्यसपछि उनी लगातार प्रशिक्षक ओले गनर सोल्सजरको नजरमा छन् ।
उनले पहिलो रोजाईमा खेल्दै लिड्स र इन्टर मिलानविरुद्ध गोल गरेका थिए ।

‘७ वर्षको उमेर देखि युनाइटेडको एकेडेमीमा छु । यहाँको प्रशंसकहरुसँगै हुर्कन पाउँदा र पहिलो टिमबाट खेल्न पाउँदा साँच्चिकै सपना साकार भए जस्तो लागेको छ ।’ ग्रीनडउडले सम्झौता नवीकरणपछि भने ।

प्रशिक्षक सोल्सजरले ग्रीनवुड निकै प्रतिभाशाली रहेको र उनले क्लबमा रोमेलु लुकाकु, एलेक्सिस सान्चेज र चोटसँग जुधिरहेका एन्थोनी मार्सियलको स्थान लिइरहेको बताए ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.