5 years ago
October 19, 2019
एजेन्सी – झन्डै दुई साताको अन्तर्राष्ट्रिय विश्रामपछि युरोपियन देशका लिगका खेलहरु शुक्रबारदेखि भएको छ ।
स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो खेलमा अहिले केहीवेरमा इवरसँग खेल्दैछ । खेल नेपाली समयअुनसर ४ः४५ बजेपछि इवरको मैदानमा हुदैछ ।
नयाँ सिजनमा निकै नै सुस्त शुरुवात गरेको बार्सिलोनाले इवरलाई पराजित गर्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा मैदानमा उत्रनेछ ।
बार्सिलोना ८ खेलबाट ५ जित १ बराबरी र दुई हारका साथ १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तोमा बार्सिलोनाले इवरलाई पराजित गर्न सके कम्तीमा एक रात शीर्षस्थानमा रहनेछ ।
आजै शीर्षस्थानमा रहेको रियाल म्याड्रिडले मर्लाेकाको भ्रमण गर्दैछ । अपराजित रहेको रियाल ८ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ग्रानडा ९ खेलबाट १७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इवर ९ अंकसहित १४औं स्थानमा छ ।
बार्सिलोनाले इवरसँग अहिलेसम्म हार बेहोरेको छैन । १० खेल खेल्दा बार्सिलोना ९ माजित र १ बराबरीको स्थितिमा रहेको छ । इवर घरेलु मैदानमा बार्सिलोनालाई रोक्ने लक्ष्यमा मैदान उत्रनेछ ।
बार्सिलोनाले कप्तान लियोनेल मेस्सी, एन्टोइन ग्रिजमन र लुइस सुआरेजलाई अग्रपङ्तिमा राखेको छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]