5 years ago
October 19, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सीले संघर्षपुर्ण जित निकाल्दा टोटेनहम बराबरीमा रोकिएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले न्यू क्यासल युनाइटेडमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो ।
मार्काेस अलन्सोले दोस्रो हाफमा गरेको गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो । पाहुना टोलीलाई लगातार दवावमार राखेपनि चेल्सीले न्यू क्यासलको बलियो रक्षापङ्ति तोड्न निक्कै हम्मे परेको थियो । पहिलो हाफमा चेल्सीको तीन सुन्दर प्रहार गोलरक्षक मार्टिन डुभ्राकाले बचाएका थिए । ५६औं मिनेटमा विलियनको कर्नरमा टम्मी अब्राहमको प्रहार बारमा लाग्दा चेल्सी अग्रता लिनबाट चुकेको थियो ।
६८औं मिनेटमा डुभ्राकाले क्रिस्टियन पुलिसिसको प्रहार मुस्किलले बचाउदा चेल्सी चुकचुकाएको थियो । लगातार निराश भइरहेको चेल्सीका लागि अलन्सोले ७३औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनले कलुम हड्सन ओडोईको पासमा गोल गरेका थिए ।
८०औं मिनेटमा अब्राहमको प्रहारलाई डिफेन्डर यडिन डि एन्ड्रीले ब्लक गरिदिए । ८२औं मिनेटमा न्यू क्यासलले बराबरीको मौका खेर फाल्यो । एलन सेन्ट म्याक्सीमिनको पासमा जेट्रो विलेम्सको प्रहार बारबाट थोरै बाहिरियो । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी १–० ले विजयी हुन सफल भयो । जितसँगै चेल्सीले ९ खेलबाट १७ अंक जोडेको छ । पराजित न्यू क्यासल ८ अंकसहति १८औं स्थानमा छ ।
यता, टोटेनहम वाट्फोर्डसँगको सम्भावित हारबाट जोगिएको छ । खेल सकिन तीन मिनेट बाँकी रहँदा डेल अलीले गोल गर्दै टोटेनहमलाई हारबाट जोगाए । त्यसअघि खेलको छैटौ मिनेटमा नै अब्दुलाय डोउकोउरेको गोलबाट घरेलु टोली पछि परेको थियो ।
टोटेनहम स्टेडियममा घरेलु टोलीले वाट्फोर्डलाई लगातार दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । बराबरीपछि टोटेनहम ९ खेलबाट १२ अंक जोडेर सातौ स्थानमा छ । वाट्फोर्ड ४ अंक जोडेर पुछारमा छ ।
प्रिमियर लिगका अन्य खेलका नतिजा
एभर्टनविरुद्ध वेस्टह्याम युनाइटेड (२–१)
एस्टन भिल्लाविरुद्ध ब्राइटन (२–१)
बर्नमाउथविरुद्ध नर्विच सिटी (०–०)
लेस्टर सिटीविरुद्ध बर्नली (२–१)
वल्भ्सविरुद्ध साउथह्याम्पटन (१–१)
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]