default_image

5 years ago

October 21, 2019

लिभरपुल र युनाइटेडको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार चिर परिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल १-१ को बराबरीमा टुंगिएको छ । युनाइटेडको घरेलु मैदानमा लिभरपुलले अन्तिम समयमा गोल गर्दै हार टारेको हो । यससँगै लिभरपुलले जारि सिजन शत प्रतिशत जितको सिलसिलालाई भने निरन्तरता दिन सकेन । लगातार १८ औं लिग जितको लक्ष्यमा रहेको लिभरपुलले अंक […]

42 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार चिर परिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल १-१ को बराबरीमा टुंगिएको छ

युनाइटेडको घरेलु मैदानमा लिभरपुलले अन्तिम समयमा गोल गर्दै हार टारेको हो । यससँगै लिभरपुलले जारि सिजन शत प्रतिशत जितको सिलसिलालाई भने निरन्तरता दिन सकेन । लगातार १८ औं लिग जितको लक्ष्यमा रहेको लिभरपुलले अंक बाँड्दै अपराजित यात्रालाई भने निरन्तरता दिएको छ ।

खेलको ३६ औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ड्यानीएल जेम्सको क्रसलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा नै लिभरपुलका लागि साडियो मानेले गोल गरेका थिए । तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को निर्णयअनुसार उक्त गोल ह्याण्डबल भएका कारण मान्य हुन सकेन ।

खेल सकिन ५ मिनेट बाँकी रहँदा लिभरपुलले गोल फर्काएको थियो । एन्डी रोबर्टसनको क्रसमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका एडम लाल्लानाले बराबरी गोल फर्काएका थिए । थप समयमा गोल हुन नसक्दा लिभरपुलले शीर्षस्थानमा अग्रता बनाउने अवसर गुमायो । लिभरपुल प्रिमियर लिगमा ९ खेलमा २५ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ अंक रहेको छ । म्यानचेस्टर युनाइटेड ९ खेलमा १० अंकसहित १३ औं स्थानमा रहेको छ ।

लिभरपुलले अब च्याम्पियन्स लिगअन्तर्गत बुधबार गेन्कको घरेलु मैदानमा खेल्नेछ । युनाइटेडले बिहीबार युरोपा लिगमा पार्टीजान बेलग्रेडसँग प्रतिस्पर्धा गर्नेछ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.