default_image

5 years ago

October 22, 2019

बालोन डि ओर: साविक विजेता मोड्रिच सुचीमै परेनन्, लिभरपुलबाट ७ खेलाडी

एजेन्सी – गएको वर्षको विजेता क्रोएसिया तथा स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफल्डर लुका मोड्रिच बालोन डि ओरको प्रारम्भिक सुचीमा अटाएका छैनन् । फ्रेन्च फुटबल एसोसिएसनले सोमबार राति सार्वजनिक गरेको ३० सदस्यीय सुचीमा मोड्रिच नपरेका हुन् । सुचीमा च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुलका ७ खेलाडी सुचीमा अटाएका छन् । लिभरपुलबाट मोहम्मद सलाह, साडियो माने, भर्जिल […]

41 views

0 Bookmark

एजेन्सी – गएको वर्षको विजेता क्रोएसिया तथा स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफल्डर लुका मोड्रिच बालोन डि ओरको प्रारम्भिक सुचीमा अटाएका छैनन् । फ्रेन्च फुटबल एसोसिएसनले सोमबार राति सार्वजनिक गरेको ३० सदस्यीय सुचीमा मोड्रिच नपरेका हुन् ।

सुचीमा च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुलका ७ खेलाडी सुचीमा अटाएका छन् । लिभरपुलबाट मोहम्मद सलाह, साडियो माने, भर्जिल भान डाइक, रोवर्टाे फिर्मिनो, एलिसन बेकर, जर्जिन्हो विज्नल्डम र ट्रेन्ट एलेक्सन्डर अर्नाेल्ड अटाएका छन् ।

सुचीमा आधुनिक फुटबलका हस्ती तथा ५–५ पटकको विजेता युभेन्टसका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सी पनि अटाएका छन् ।

यस्तै अघिल्लो वर्ष च्याम्पियन्स लिगमा सनसनी मच्चाएका डच क्लब आयाक्सबाट यसैसिजन क्लब छाडेकासहित ४ खेलाडी प्रारम्भिक सुचीमा परेका छन् । यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट लियोनेल मेस्सी, मार्क आन्द्रे टेर स्टेगन र यसै सिजन क्लबमा आएकासहित ४ खेलाडी सुचीमा अटाएका छन् ।

प्रारम्भिक सुची:

साडियो माने – लिभरपुल, सर्जियो अगुएरो – म्यानचेस्टर सिटी, फ्रान्की डि जोङ – आयाक्स/बार्सिलोना, ह्युगो लोरिस – टोटेनहम हस्टपर, डुसान टाडिक – आयाक्स, केलियन एमबाप्पे – पीएसजी, ट्रेन्ट एलेक्सडर अर्नाेल्ड – लिभरपुल, डोनी भान डि बिक – आयाक्स, पिएर एमेरिक औबामियाङ – आर्सनल, मार्क आन्द्रे टेर स्टेगन – बार्सिलोना, क्रिस्टियानो रोनाल्डो – युभेन्टस, एलिसन बेकर – लिभरपुल, म्याथ्थिज डि लिग्ट – आयाक्स/युभेन्टस, करिम बेन्जेमा – रियाल म्याड्रिड, जर्जिन्हो वाइनाल्डम – लिभरपुल, भर्जिल भान डाइक – लिभरपुल, बर्नाडो सिल्भा – म्यानचेस्टर सिटी, ह्युङ मिन सन – टोटेनहम हस्टपर, रोवर्ट लेवान्डोस्की – बायर्न म्युनिख, रोबर्टाे फिर्मिनो – लिभरपुल, लियोनेल मेस्सी – बार्सिलोना, केभिन डि ब्रुयन – म्यानचेस्टर सिटी, कलिडोउ कोउलीवाली – नेपोली, रियाद महारेज – म्यानचेस्टर सिटी, एन्टोइन ग्रिजमन – एट्लेटिको मड्रिड/बार्सिलोना, मोहम्मद सलाह – लिभरपुल, जोओ फेलिक्स – बेन्फिका/एट्लेटिको मड्रिड, इडेन हजार्ड – चेल्सी/रियाल म्याड्रिड, मार्किन्योस – पीएसजी,रहिम स्टर्लिङ – म्यानचेस्टर सिटी

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.