default_image

5 years ago

October 22, 2019

नेयमार दशकपछि बालोन डि’अर मनोनयन बाहिर

एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमार सन् २०१० पछि पहिलो पटक प्रतिष्ठित अवार्ड बालोन डि’अरको मनोनयनमा पर्नबाट चुकेका छन् । पछिल्लो १२ महिना मैदानभित्र र मैदानबाहिर नै निकै कठिन समय बिताएका नेयमार झन्डै एक दशकको अन्तरालमा मनोनयनमा नै पर्न चुकेका हुन् । एक समय क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीपछिका स्टारका रुपमा हेरिएको नेयमारको करीअरले अपेक्षित […]

60 views

0 Bookmark

एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमार सन् २०१० पछि पहिलो पटक प्रतिष्ठित अवार्ड बालोन डि’अरको मनोनयनमा पर्नबाट चुकेका छन् ।

पछिल्लो १२ महिना मैदानभित्र र मैदानबाहिर नै निकै कठिन समय बिताएका नेयमार झन्डै एक दशकको अन्तरालमा मनोनयनमा नै पर्न चुकेका हुन् । एक समय क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीपछिका स्टारका रुपमा हेरिएको नेयमारको करीअरले अपेक्षित गति लिन सकेको छैन । उनले सन् २०१९ का अधिकांश समय मैदानबाहिर बिताए ।

नेयमार सँगै गत वर्षका विजेता लुका मोड्रिच पनि मनोनयनमा परेका छैनन् । यस वर्ष उपाधि दावेदारका रुपमा लिभरपुलका डिफेन्डर भर्जील भान डाइक, युभेन्टसका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सी रहेका छन् ।

प्रारम्भिक सुची:

साडियो माने – लिभरपुल, सर्जियो अगुएरो – म्यानचेस्टर सिटी, फ्रान्की डि जोङ – आयाक्स/बार्सिलोना, ह्युगो लोरिस – टोटेनहम हस्टपर, डुसान टाडिक – आयाक्स, केलियन एमबाप्पे – पीएसजी, ट्रेन्ट एलेक्सडर अर्नाेल्ड – लिभरपुल, डोनी भान डि बिक – आयाक्स, पिएर एमेरिक औबामियाङ – आर्सनल, मार्क आन्द्रे टेर स्टेगन – बार्सिलोना, क्रिस्टियानो रोनाल्डो – युभेन्टस, एलिसन बेकर – लिभरपुल, म्याथ्थिज डि लिग्ट – आयाक्स/युभेन्टस, करिम बेन्जेमा – रियाल म्याड्रिड, जर्जिन्हो वाइनाल्डम – लिभरपुल, भर्जिल भान डाइक – लिभरपुल, बर्नाडो सिल्भा – म्यानचेस्टर सिटी, ह्युङ मिन सन – टोटेनहम हस्टपर, रोवर्ट लेवान्डोस्की – बायर्न म्युनिख, रोबर्टाे फिर्मिनो – लिभरपुल, लियोनेल मेस्सी – बार्सिलोना, केभिन डि ब्रुयन – म्यानचेस्टर सिटी, कलिडोउ कोउलीवाली – नेपोली, रियाद महारेज – म्यानचेस्टर सिटी, एन्टोइन ग्रिजमन – एट्लेटिको मड्रिड/बार्सिलोना, मोहम्मद सलाह – लिभरपुल, जोओ फेलिक्स – बेन्फिका/एट्लेटिको मड्रिड, इडेन हजार्ड – चेल्सी/रियाल म्याड्रिड, मार्किन्योस – पीएसजी,रहिम स्टर्लिङ – म्यानचेस्टर सिटी

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.