5 years ago
October 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने यू–२३ टोली मैत्रीपूर्ण खेलको लागि कतार प्रस्थान गरेको छ ।
नेपालले २५ अक्टोबरमा म्यानमारको यू–२३ टिमसँग मैत्रीपुर्ण खेल खेल्दैछ । खेल कतारस्थित दोहा स्टेडियममा हुनेछ । नेपाली टोली १३औं सागको तथा म्यानमार साउथ इस्ट एसियन गेम्स (एसइए) को तयारीमा रहेको छ । २४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाल र अखिल नेपाल फुटब संघ (एन्फा) का कार्यवाहक अध्यक्ष पंकज नेम्वाङ र कार्यवाहक महासचिव मोहन कुमार बस्नेतलगायतले बिदाई गरे ।
मुख्य प्रशिक्षक बालगोपल महर्जनले सागमा ३ सिनियर खेलाडी राख्न पाउने प्रवाधान अनुरुप सिनियर खेलाडीको रुपमा विक्रम लामा, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठलाई टोलीमा समेट्दै सोमबार मात्रै २४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
विदेशी लिग खेल्ने राष्ट्रिय टोलीका स्टार खेलाडीत्रय किरण चेम्जोङ, रोहित चन्द र विमल घर्तीमगरलाई विश्राम दिंदै म्यानमारविरुद्ध विश्राम दिइएको छ । यू–२३ नेपाली टोलीको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् । उनलाई बिदाई कार्यक्रममा नेपालको झन्डा हस्तान्तरण गरिएको छ ।
नेपाली यु–२३ टोली: अनन्त तामाङ, अन्जन विष्ट, बिक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ, अर्पन कार्की, दीप कार्की, देव लिम्बु, बिकास खवास, रोमन लिम्बु, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]