default_image

5 years ago

October 24, 2019

पुलिस क्लब फाइनलमा

79 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब टुबोर्ग जेसिज विकास रनिङ राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार सिएमजी क्लब संकटालाई १–० ले हराउँदै पुलिस अन्तिम दुईमा पुगेको हो ।

उपाधिका लागि पुलिसले शनिबार घरेलु टोली चितवन ११ को सामना गर्नेछ । बुधबार तुलनात्मक बलियो त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै चितवन फाइनलमा पुगेको थियो । मध्यान्तरसम्मा गोलरहित बराबरीमा टुंगिएको खेलमा सौजन याक्खाले निर्णायक गोल गरेका थिए । ७२ औं मिनेटमा सौजनले गरेको गोल खेलको निर्णायक बन्यो ।

सुमन लामाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकलाई गोलकिपरले पन्च गरेपछि रिबाउन्डमा सौजनले गोल गरेका थिए । सौजन खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । पहिलो हाफमा संकटाले केहि राम्रो मौका गुमाएको थियो । दोस्रो हाफमा भने खेल पुलिसले नियन्त्रणमा राखेको थियो ।

नारायणगढ जेसीजको आयोजना र चितवन जिल्ला फुटबल संघ सहआयोजक रहेका प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ तथा दोस्रो टोलीले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.