default_image

4 years ago

October 25, 2019

पेपेको दुई फ्रिकिक गोलमा आर्सनलको जित

एजेन्सी – खेलको अन्त्यतिर निकोलस पेपेले फ्रिकिकमा दुई दर्शनीय गोल गरेपछि इंग्लिस क्लब आर्सनलले पोर्चुगिज क्लब भिटोरिुया डि गुइमारेसमाथि रोमाञ्चक जित निकालेको  छ । इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनलले भिटोरियामाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । आर्सनलका निकोलस पेपेले दुई तथा गाब्रियल मार्टिनेलीले गोल गरे । पाहुना टोलीका मार्कुस इडवार्ड र ब्रुनोले […]

49 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर निकोलस पेपेले फ्रिकिकमा दुई दर्शनीय गोल गरेपछि इंग्लिस क्लब आर्सनलले पोर्चुगिज क्लब भिटोरिुया डि गुइमारेसमाथि रोमाञ्चक जित निकालेको  छ ।

इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनलले भिटोरियामाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । आर्सनलका निकोलस पेपेले दुई तथा गाब्रियल मार्टिनेलीले गोल गरे । पाहुना टोलीका मार्कुस इडवार्ड र ब्रुनोले गोल गरे ।

खेलको आठौं मिनेटमा मार्कुसको गोलबाट पाहुना टोली खेलमा १–० ले अघि बढ्यो । ३२औं मिनेटमा गाब्रियल मार्टिनेलीले बराबरी गोल फर्काए । त्यसको ४ मिनेटपछि ब्रुनोले गोल गरेपछि आर्सनल पहिलो हाफमा २–१ ले पछि परेको थियो ।

अन्तिम १० मिनेट बाँकी रहँदा निकोलस पेपेले फ्रिकिकमा दुई गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाए ।  ८०औं मिनेटमा झन्डै २५ यार्डमा प्राप्त फ्रिकिकमा पेपेको लेफ्ट फुटेट प्रहार फार बर्टम कर्नरमा गोल हुदा खेल २–२ गोलको बराबरीमा पुगेको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा पेपेले पुनः फ्रिकिकमा गोल गर्दै आर्सनललाई ३–२ को रोमाञ्चक जित दिलाए ।

जितसँगै अपराजित रहेको आर्सनल समूह ‘एफ’ मा ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा छ । भिटोरिया अंकविहीन हुदै पुछारमा छ ।

अन्य नतिजा

रोमाविरुद्ध बोरुसिया मोन्चेग्लावाच (१–१)

एजेट अल्कामारविरुद्ध एफसी एस्ताना (६–०)

सिएसकेए मस्कोविरुद्ध फेरेन्कभारोस (०–१)

स्लोभान ब्राटिसलाभाविरुद्ध वल्भ्स (१–२)

बेसिक्टासविरुद्ध ब्रागा (१–२)

इस्तानुबुल बासकसेहिरविरुद्ध वल्सवर्गर एसी (१–०)

एफसी पोर्टाेविरुद्ध रेन्जर्स (१–१)

योङ ब्वाइजविरुद्ध फियोनोर्ड (२–०)

क्वारावागविरुद्ध अपोइल निकोसिया (२–२)

पर्टीजान बियोग्राडविरुद्ध म्यानचेस्टर युनाइटेड (०–१)

सेन्ट इटिनेविरुद्ध एफसी ओलेक्सान्द्रिया (१–१)

जेन्टविरुद्ध वल्सवर्ग (२–२)

लुडोगोरेट्सविरुद्ध इस्पान्योल (०–१)

फ्रन्कफर्टविरुद्ध स्टान्डर्ड लिग (२–१)

रेनिसविरुद्ध सिएफआर क्लज (०–१)

डाइनामो किभविरुद्ध एफसी कोपेनहेवन (१–१)

सेल्टिकविरुद्ध लाजियो (२–१)

पीएसभी इन्डोभेनविरुद्ध लास्क (०–०)

सेभिल्लाविरुद्ध एफ ९१डुडेलेन्ज (३–०)

माल्मोविरुद्ध लुगानो (२–१)

गेटाफेविरुद्ध एफसी बसेल (०–१)

स्पोर्टिङ लिस्वनविरुद्ध रोजेनवर्ग (१–०)

ट्रावजोन्सपरविरुद्ध एफसी क्रासनोडर (०–२)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.