5 years ago
October 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– कतारको दोहामा नेपाल र म्यानमारको उमेर समूहको फुटबल टोलीबीचको मैत्रीपूर्ण खेल २–२ को बराबरीमा टुंगिएको छ । नेपाली यू २३ टोलीले दुई पटक सम्मको अग्रतालाई जोगाउन नसक्दा शुक्रबारको मैत्रीपूर्ण खेलमा बराबरीमा चित्त बुझाउनु परेको थियो ।
नेपालका लागि अनन्त तामाङ र रेजिन सुब्बाले गोल गरेका थिए । म्यानमारका लागि दुवै गोल ल्विन मोइ औङले गोल गरे । अन्ततले दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । कप्तान सुजल श्रेष्ठको कर्नरमा अनन्तले हेड गोल गरेका थिए । तर, ४० औं मिनेटमा ल्विनले गोल फर्काएपछि पहिलो हाफमा १–१ को बराबरी भएको थियो ।
दोस्रो हाफमा नेपालले पुनः अग्रता लियो । तर, त्यो लामो समय टिक्न सकेन । परिवर्तित खेलाडी रेजिनले ६० औं मिनेटमा गोल गर्दै नेपाललाई दोस्रो पटक अग्रता दिलाएका थिए । नवयुग श्रेष्ठको सट्टा रेजिन दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । ६४ औं मिनेटमा ल्विनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्याएका थिए ।
अर्को महिना स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका सिलसिलामा नेपाली यू २३ टोली कतार भ्रमणमा गएको हो । त्यस्तै म्यानमार पनि साउथ इस्ट एसियन गेम्स (एसइए) को तयारीमा रहेको बताइएको छ । नेपाल सागअन्तर्गत फुटबलको साविक विजेता हो । सन् २०१६ मा भारतमा भएको सागको १२ औं संस्करणको फाइनलमा आयोजक टोलीलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो ।
टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सागमा ३ सिनियर खेलाडी राख्न पाउने प्रावधान अनुसार विक्रम लामा, सुजल श्रेष्ठ र नवयुगलाई टोलीमा समेटेका थिए । विदेशी लिग खेल्ने राष्ट्रिय टोलीका स्टारत्रय गोलकिपर किरण चेम्जोङ, रोहित चन्द र विमल घर्तीमगरलाई भने यसपटक भ्रमणमा राखिएको थिएन ।
किरण भारत, रोहित इन्डोनेसिया र विमल माल्दिभ्स क्लबमा आबद्ध छन् । सिनियर ५ खेलाडीमध्येबाट ३ खेलाडी सागका लागि पर्ने सम्भावना छ । सिनियरतर्फ किरण र रोहित पनि सागको टोलीमा छन् । साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।
नेपाली यु–२३ टोली: अनन्त तामाङ, अन्जन विष्ट, बिक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ, अर्पन कार्की, दीप कार्की, देव लिम्बु, बिकास खवास, रोमन लिम्बु, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]