युरो कपको पहिलो खेलमा वेल्स बिरुद्ध निराश जनक नतिजा निकालेको स्लोभाकियाले रुस बिरुद्ध जित हात पार्दै प्रतियोगिताको अर्को चरण पुग्ने आशा यथावथ राखेको छ ।
पहिलो हाल्फमा नै दुइ गोलको अग्रता लिदै स्लोभाकियाले रुसलाई दबाबमा राख्न सफल रह्यो , तर दोस्रो हाल्फमा रुसको अनेकौ प्रहार बिफल हुँदा १ गोल मात्र गर्न सक्यो ।
स्लोभाकियाको लागी भ्लाड्मिर वैसले ३२ औ मिनेट मा गोल गर्दै अग्रता दिलाए भने मारेक हम्सिकको पहिलो हाल्फको अन्त्य भन्दा केहि अगाडीको गोलले स्लोभाकियाको अग्रता बलियो बनायो ।
दोस्रो हाल्फ मा रुस खेलमा फर्किन आतुर देखियो र कैयौ मुभ हरु बनायो । फल स्वरुप डेनिस ग्लुसाकोब ले ८० मिनेट मा गोल गर्दै रुसको आशा जिवित राखे तर इङ्ल्याण्ड लाई जस्तै अन्तिम मिनेट सम्म स्लोभकिया लाई स्तब्ध गर्ने रुसको योजना बिफल भयो ।