default_image

4 years ago

October 30, 2019

मेस्सीको सानदार प्रदर्शनसँगै बार्सिलोना शीर्षस्थानमा

एजेन्सी – कप्तान लिओनेल मेस्सीको सानदार प्रदर्शनसँगै बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार रियल भालाडोलिडलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । मेस्सीले २ गोल र २ असिस्ट प्रदान गर्ने क्रममा फ्रिकिकमा समेत गोल गरे । खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाले अग्रता लिएको थियो । क्लेमेन्ट लेङलेटले भालाडोलिडको डिफेन्सले क्लियर गर्न नसकेको बलमा गरेको […]

29 views

0 Bookmark

एजेन्सी – कप्तान लिओनेल मेस्सीको सानदार प्रदर्शनसँगै बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार रियल भालाडोलिडलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । मेस्सीले २ गोल र २ असिस्ट प्रदान गर्ने क्रममा फ्रिकिकमा समेत गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाले अग्रता लिएको थियो । क्लेमेन्ट लेङलेटले भालाडोलिडको डिफेन्सले क्लियर गर्न नसकेको बलमा गरेको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो । १५ औं मिनेटमा नै भालाडोलिडले खेल बराबरीमा ल्यायो । फ्रिकिकमा आएको प्रहारलाई बार्साका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाएपनि रिबाउन्डमा किको ओलिभासले गोल गर्न सफल रहे ।

खेलको २९ औं मिनेटमा बार्सिलोनाले पुन: अग्रता कायम गर्यो । लिओनेल मेस्सीको पासमा आर्टुरो भिडालले गोल गर्द्दै बार्सिलोनालाई अगाडी बढाए । त्यसको ५ मिनेटपछि नै मेस्सीले अग्रता दोब्बर पारे । मेस्सीले पेनाल्टी क्षेत्रबाहिर प्राप्त फ्रिकिकलाई दर्शनीय गोलमा परिणत गरेका थिए । मेस्सीको यो ५० औं फ्रिकिक गोल पनि हो ।

खेलको ७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । इभान राकीटिचको पासमा मेस्सीले गरेको प्रहार गोलरक्षक जोर्डी मासिपले बचाउन सकेनन् । त्यसको २ मिनेटमा अर्का फरवार्ड लुइस सुआरेजले पनि गोल गरे । उनले मेस्सीसँग वन-टु पास खेल्दै उत्कृष्ट फिनिस गरेपछि बार्सिलोनाले ५-१ को जित पक्का गरेको थियो ।

यस जितसँगै बार्सिलोनाले लिगको शीर्षस्थानमा पुनरागमन गरेको छ । बार्सिलोनाको १० खेलमा २२ अंक रहेको छ भने दोस्रो स्थानको ग्रानडाले १० खेलमा २० अंक जोडेको छ । तेस्रो स्थानको एटलेटिकोले ११ खेलमा २० अंक जोडेको छ । रियल सोसीडाड र सेभिल्लाको १० खेलमा १९-१९ अंक छ भने रियल म्याड्रिडको ९ खेलमा १८ अंक रहेको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.