default_image

4 years ago

November 4, 2019

बायर्न प्रशिक्षक कोभाक बर्खास्त

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले आफ्ना मुख्य प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेका छन् । जर्मन बुन्डेसलिगा अन्तरगत शनिबार राति इन्ट्रक्ट फ्रांकफर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेपछि बायर्नले मुख्य प्रशिक्षक कोभाकलाई आइतबार राति बर्खास्त गरेको हो । बुन्डेस लिगाको पछिल्लो १० सिजनमा बायर्नको यो सबैभन्दा खराब प्रदर्शन हो । बायर्नले विज्ञप्ति जारी गर्दै प्रशिक्षकसँगको सल्लाहमै […]

40 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले आफ्ना मुख्य प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेका छन् । जर्मन बुन्डेसलिगा अन्तरगत शनिबार राति इन्ट्रक्ट फ्रांकफर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेपछि बायर्नले मुख्य प्रशिक्षक कोभाकलाई आइतबार राति बर्खास्त गरेको हो ।

बुन्डेस लिगाको पछिल्लो १० सिजनमा बायर्नको यो सबैभन्दा खराब प्रदर्शन हो । बायर्नले विज्ञप्ति जारी गर्दै प्रशिक्षकसँगको सल्लाहमै यो निर्णयमा पुगेको उल्लेख गरेको छ । क्रोएसियाका ४८ वर्षे पूर्व मिडफिल्डर कोभाकले सन् २०१८ को जुलाईमा बायर्नको प्रशिक्षण सम्हाल्न आइपुगेका थिए । त्यहाँ उनले गत सिजन बुन्डेसलिगा र लिग कप जितेका थिए ।

कोभाकले १८ महिने बायर्न बसाईका लागि क्लबलाई धन्यवाद पनि दिएका छन् । कोभाक बर्खास्त गरेसँगै बायर्नले सहायक प्रशिक्षक हान्सी फ्लिकले जिम्मेवारी सम्हाल्नेछन् ।  बायर्न म्युनिखले बुझबार च्यामिपयन्स लिगमा ओलम्पियाकोसँग र शनिबार बण्डेस लिगामा बोरुसिया डोर्टमण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

बायर्नले पछिल्लो ४ खेलमा १ मात्र जित दर्ता गरेको थियो । फ्रान्कफर्टअघि होफेनहाइमसंग पनि पराजित बायर्नले अपेक्षित प्रदर्शन गर्न सकेको छैन । च्याम्पियन्स लिगमा टोटेनहमविरुद्ध ७-० को जित दर्ता गरेपनि घरेलु लिगमा भने टोलीको प्रदर्शन बिर्सनलायक रहेको छ । बायर्न लिगको अंक तालिकामा चौथो स्थानमा रहेको छ । लिगको शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबाकभन्दा ४ अंक पछाडी रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.