default_image

4 years ago

November 5, 2019

माउरिन्हो आर्सनल जाने सम्भावना !

एजेन्सी – जोसे माउरिन्हो प्रिमियर लिग क्लब फर्कने सम्भावना बढेको छ । आर्सनलले माउरिन्हो लिने विषयमा छलफल अघि बढाएको छ । लन्डन क्लबले युनाई इम्रीलाई लिएर धर्यता गुमाउँदै गएको समाचारहरुमा उल्लेख गरिएको छ । म्यानचेस्टर युनाइटेड छाडेयता माउरिन्हो कुनै क्लबमा आबद्ध छैनन् । पोर्चुगिज प्रशिक्षक पुनः प्रिमियर लिग फर्के भने रोमाञ्चकता बढ्ने सम्भावना रहन्छ । […]

27 views

0 Bookmark

एजेन्सी – जोसे माउरिन्हो प्रिमियर लिग क्लब फर्कने सम्भावना बढेको छ । आर्सनलले माउरिन्हो लिने विषयमा छलफल अघि बढाएको छ । लन्डन क्लबले युनाई इम्रीलाई लिएर धर्यता गुमाउँदै गएको समाचारहरुमा उल्लेख गरिएको छ ।

म्यानचेस्टर युनाइटेड छाडेयता माउरिन्हो कुनै क्लबमा आबद्ध छैनन् । पोर्चुगिज प्रशिक्षक पुनः प्रिमियर लिग फर्के भने रोमाञ्चकता बढ्ने सम्भावना रहन्छ । आर्सनलका प्रतिनिधि र माउरिन्होबीच यो साता छलफल भएको बताइएको छ । छलफल सकारात्मक रुमपा अघि बढेको बताइन्छ ।

आर्सनल अर्को सिजन च्याम्पियन्स लिग खेल्न चाहन्छ । जुन चाहना इम्रीबाट पुरा हुन सम्भावना कम देखिदै गएको छ । जसका कारण क्लबका समर्थक स्पेनिस प्रशिक्षकसँग खुसी छैनन् । ११ खेल सकिदा आर्सनल १७ अंकसहित पाँचौं स्थानमा छ ।

जबकी चौथो स्थानमा रहेको चेल्सी र तेस्रो स्थानमा रहेको लेस्टरको समान २३ अंक छ । शीर्षस्थानमा रहेको लिभरपुलको ३१ र दोस्रो स्थानको म्यानचेस्टर सिटीको २५ अंक छ । प्रिमियर लिगका शीर्ष ४ मा पर्ने टोलीले मात्र च्याम्पियन्स लिग खेल्न पाउनेछन् ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.