default_image

4 years ago

November 6, 2019

लेइप्लिज र लियोन विजयी

एजेन्सी – जर्मन क्लब आरवी लेइप्लिज र फ्रेन्च क्लब लियोनले युइएफए च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । इप्लिजले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई तथा लियोनले पोर्चुगिज क्लब बेन्फिकालाई पराजित गरेको हो । लेइप्लिजले घरेलु टोली जेनिथमाथि २–० को सहज जित निकालेको हो । लेइप्लिजको जितमा डिएगो डिमी र मार्सेल सवित्जेरले गोल गरे । […]

19 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब आरवी लेइप्लिज र फ्रेन्च क्लब लियोनले युइएफए च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । इप्लिजले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई तथा लियोनले पोर्चुगिज क्लब बेन्फिकालाई पराजित गरेको हो ।

लेइप्लिजले घरेलु टोली जेनिथमाथि २–० को सहज जित निकालेको हो । लेइप्लिजको जितमा डिएगो डिमी र मार्सेल सवित्जेरले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा डिएगो डिमीको गोलबाट लेइप्लिज अघि बढेको थियो । त्यसअघि १४औं मिनेटमा मार्सेल हल्सटेनवर्गले गोल गरेपनि भिएआरको सहायताले गोलले मान्यता पाएन ।

६३औं मिनेटमा मार्सेल सवित्जेरले गोल गर्दै २–० को जित दिलाए । जितसँगै लेइप्लिज समूह ‘जी’ मा ९ अंक जोडेर शीर्षस्थानमा यथावत छ । पराजित जेनिथ ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा घरेलु टोली लियोनले बेन्फिकामाथि ३–१ को जित निकालेको हो । लियोनको जितमा जोचिम एन्डरसन, मेम्फिस डिपे र बर्टरान्ड ट्राओरेले गोल गरे । बेन्फिकाका हरिस सेफरोभिकले गोल गरे । जितसँगै लियोन ७ अंक जोडेर दोस्रो स्थानमा छ । बेन्फिका ३ अंकसहित पुछारमा छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.