default_image

4 years ago

November 9, 2019

‘रियलका लागि बेन्जेमा रोनाल्डोजस्तै हुन्’

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को खेलमा बुधबार रियल म्याड्रिडले गालाटासरेलाई ६-० ले पराजित गर्दा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले २ गोल र १ असिस्ट प्रदान गरे । यसक्रममा बेन्जेमाले रियलका लागि च्याम्पियन्स लिगमा ५० गोल पूरा गरे । खेलपछि बेन्जेमाबारे बोल्दै प्रशिक्षक जिनेदिन जिदानले क्लबका लागि बेन्जेमा र रोनाल्डोको उस्तै भूमिका रहेको […]

40 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को खेलमा बुधबार रियल म्याड्रिडले गालाटासरेलाई ६-० ले पराजित गर्दा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले २ गोल र १ असिस्ट प्रदान गरे । यसक्रममा बेन्जेमाले रियलका लागि च्याम्पियन्स लिगमा ५० गोल पूरा गरे ।

खेलपछि बेन्जेमाबारे बोल्दै प्रशिक्षक जिनेदिन जिदानले क्लबका लागि बेन्जेमा र रोनाल्डोको उस्तै भूमिका रहेको बताए । ‘बेन्जेमाको गोल संख्याले पनि उनी कस्ता खेलाडी हुन् भन्ने प्रष्ट पार्छ । फुटबल बुझ्नेलाई उनको स्तरबारे कहिल्यै शंका रहन्न । उनी टोलीको आक्रमणको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन्,’ जिदानले थपे, ‘ रोनाल्डोको प्रस्थानपछि उन्म परिवर्तन भएको पाटो भनेको उनको बुझाइ हो । उनी अहिले थप जिम्मेवार बनेका छन् ।’

‘बेन्जेमा आफैं एक पिता बनेका छन् जसको असर खेलमा पनि प्रष्ट देखिन्छ । म उनको लागि निकै खुसी छु । उनले च्याम्पियन्स लिगमा अल्फ्रेडो डी स्टेफानोको कीर्तिमान तोडेका छन् । रोनाल्डोजस्तै उनी पनि क्लब इतिहासको महत्त्वपूर्ण पाटो बनेका छन्,’ फ्रान्सेली प्रशिक्षकले थपे, ‘उनी निकै राम्रो गरिरहेका छन् र अब त्यस्को फाइदा क्लबले नै लिने हो ।’

जिदानले गालाटासरेविरुद्ध ह्याट्रिक गरेका रोड्रीगोको पनि प्रशंसा गरे । ‘ रोड्रीगो जम्मा १८ वर्ष भए । उनले पाएको अवसरलाई उचित ढंगले सदुपयोग गरेका छन् । उनले आक्रमणमात्र नभएर डिफेन्समा पनि सहयोग गरेका छन् । उनले कडा मिहिनेत गरेको फल मैदानमा प्राप्त गरेका छन्,’ जिदानले भने ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.