default_image

4 years ago

November 7, 2019

जेसस पेनाल्टीमा चुक्दा सिटी रोकियो

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेसस पेनाल्टीमा चुक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी इटालियन क्लब एटलान्टासँग बराबरीमा रोकिएको छ । मिलानो इटालीमा १० खेलाडीमा समेटिएको सिटी घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै सिटी दुई खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्नबाट वञ्चित बनेको छ । खेलको सातौ मिनेटमा नै रहिम स्ट्रलिङले गोल गर्दै […]

23 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेसस पेनाल्टीमा चुक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी इटालियन क्लब एटलान्टासँग बराबरीमा रोकिएको छ । मिलानो इटालीमा १० खेलाडीमा समेटिएको सिटी घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै सिटी दुई खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्नबाट वञ्चित बनेको छ । खेलको सातौ मिनेटमा नै रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । बर्नाडो सिल्भाको पासमा जेससले पेनाल्टी बक्समा मिलाईदिएको पासलाई रहिमले गोल गरेका थिए ।

४३औं मिनेटमा जेससले पेनाल्टीमा गोल गर्न सकेनन् । बक्सबाहिर प्राप्त फ्रिकिकमा एटलान्टाका खेलाडीले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा सिटीलाई पेनाल्टीको मौका दिएको थियो । तर, जेसस पेनाल्टी प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो ।

दोस्रो हाफको शुरुमै घरेलु टोलीले मारियो पासालिकले बराबरी गोल फर्काए । ८१औं मिनेटमा सिटी १० खेलाडीमा समेटियो । सिटीका परिवर्तित गोलरक्षक क्लाउडियो ब्राभोले जोसिप इलिसिसलाई फल गरेपछि रेफ्रीले ब्राभोलाई रातो कार्ड दिएका थिए । त्यसपछि सिटीको पोस्ट डिफेन्डर केल वाल्करले सम्हालेका थिए । उनले केही राम्रो बचाउ गरेका थिए ।

बराबरीसँगै सिटी समूह ‘सी’ मा ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत छ । शाख्तर डोनेस्क र डाइनामो जाग्रिवको समान ५ अंक छ । एटलान्टाले पहिलो अंक जोडेको छ । यही समूहमा साख्तर र डाइनामोले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे ।

 

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.