default_image

4 years ago

November 7, 2019

म्यानमारविरुद्ध आक्रमणको अग्निपरीक्षा

काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप छनोटको समूह चरणमा आधा खेल खेलिसकेको राष्ट्रिय फुटबल टोलीले आज दिउँसो म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । खेल नेपाल समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुने छ । मंसिर ३ गते घरेलु मैदानमा कुवेतसँग विश्व कप छनोटअघि नेपाली टोलीले यो मैत्रीपूर्ण खेल्न लागेको हो । यद्दपी समयमै दशरथ रंगशालाको पुनः निर्माण […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप छनोटको समूह चरणमा आधा खेल खेलिसकेको राष्ट्रिय फुटबल टोलीले आज दिउँसो म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । खेल नेपाल समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुने छ ।

मंसिर ३ गते घरेलु मैदानमा कुवेतसँग विश्व कप छनोटअघि नेपाली टोलीले यो मैत्रीपूर्ण खेल्न लागेको हो । यद्दपी समयमै दशरथ रंगशालाको पुनः निर्माण सम्पन्न हुने आशंकामा नेपाल र कुवेतबीचको खेल न्युट्रल भेन्यूमा हुने सम्भावना पनि बढ्दै गएको छ । त्यसको निर्णय एसियाली फुटबल महासंघ (एन्फा) को कम्पिटिसन कमिटीले छिट्टै गर्ने बताइएको छ ।

विश्वकप छनोटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार बेहोरेको नेपाली टोली त्यो हारलाई विर्साउन चाहन्छन् । त्यसको तयारीमा रुपमा रहेको म्यानमारसँगको खेललाई टोलीले पक्कै पनि गम्भिरतापूर्वक लिएकै हुनुपर्दछ । तर, टोलीका महत्वपूर्ण सदस्य कप्तान र एवंम नम्बर एक गोलकिपर किरण चेम्जोङ र भरपर्दा मिडफिल्डर रोहित चन्द विना नेपाली टोली म्यानमार पुगेको छ ।

व्यावासयिक जिम्मेवारी निर्वाह गर्ने क्रममा रोहित पर्सिजा जकार्ताबाट इन्डोनेसिया लिग खेलिरहेका छन् । गत महिना विश्व कप छनोटअन्तर्गत जोर्डनसँगको खेलपछि रोहित त्यतैबाट इन्डोनेसिया पुगेका थिए । किरण भने मिनर्वा पन्जाब प्रिसिजन तयरीमा जुटेका छन् । जोर्डनबाट फर्केको भोली पल्टै उनी भारत लागेका थिए ।

किरणको अनुपस्थितिमा टोलीको पोष्ट विकेश कुथुले सम्हाल्ने सम्भावना छ । रोहित र विशाल राई टोलीमा नरहेका कारण विक्रम लामा र सन्तोष तामाङले सेन्टरमिडमा खेल्ने सम्भावना छ । दायाँ घुँडामा समस्या देखिएपछि विशाल म्यानमार भ्रमणमा छैनन् । त्यस्तै हेमन गुरुङ पनि आराम गरिरहेका छन् ।

झन्डै छ महिनापछि भरत खवासले पुनरागमन गर्दा टोलीको आक्रमण थप बलियो हुने अनुमान गरिएको छ । भरत, नवयुग श्रेष्ठ, विमल घर्ती मगर र अन्जन विष्ट झन्डै १ वर्षपछि सँगै टोलीमा छन् । मार्चमा कुवेतसँगको मैत्रीपूर्ण खेलमा विमल र अन्जन थिएनन् । त्यसपछि भरत सेनाको तीन महिने तालिमका लागि थाइल्यान्डमा थिए । भरतले विश्व कप छनोटको अहिले सम्मको टुर गुमाइसकेका छन् ।

भरतसँगै म्यानमार भ्रमणमा गोलकिपर एलेन न्यौपाने समेटिएका थिए । पहिलो पटक सुबास गुरुङ र मिक्छेन तामाङ पनि टोलीमा समेटिएका छन् । सुबास र मिक्छेनको डेब्यू सम्भावना पनि आजको खेलमा रहनेछ ।

फिफा वरियतामा २० स्थानमाथि (फिफा वरियता- म्यानमार १४७, नेपाल १६७ औं)  रहेको म्यानमारसँग उसैको मैदानमा खेल्नु पक्कै सहज हुने छैन । यसअघि एक पटकको भेटमा पनि नेपाली टोली म्यानमारसँग पराजित भएको थियो । सन् २००८ को एएफसी च्यालेन्ज कपमा नेपाल म्यानमारसँग ३–० ले पराजित भएको थियो । दशक भन्दा लामो समयपछि दुई टोली फेरि एकपटक एकअर्काको सामना गर्दैछन् ।

विश्व कप छनोटमा नेपालको प्रदर्शन सन्तोषजनक छैन । ४ मध्ये ३ खेलमा हार बेहोरेको टोलीले १ खेलमा जित निकालेको थियो । टोलीले २ गोल गर्दै १५ गोल खाइसकेको छ । कुवेतसँग ७–०, अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को हार बेहोरेको नेपालले एकमात्र खेलमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो । त्यो खेलमा दुवै गोल अन्जनले गरेका थिए । अव हुने ४ वटा होम गेमबाट नेपालले जित त्यहि अन्तरको हारको अपेक्षा गरिएको छैन ।

म्यानमारविरुद्ध सम्भावित नेपाली टोली :

गोलकिपर – विकेश कुथु

डिफेन्स – अनन्त तामाङ, सुमन अर्याल, अजित भण्डारी, देवेन्द्र तामाङ

मिडफिल्ड – विक्रम लामा, सन्तोष तामाङ, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्ड – विमल घर्तीमगर, नवयुग श्रेष्ठ

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.