default_image

4 years ago

November 7, 2019

म्यानमारसँग नेपाली टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीले म्यानमारविरुद्ध एक दशक भन्दा लामो समयपछि भेट्दा पनि विगतकै नजिताको निरन्तरता पाएको छ । म्यानमारसँग उसकै मैदानमा बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल ३–० ले पराजित भएको छ । सन् २००८ को एएफसी च्यालेन्ज कपमा पनि नेपाल म्यानमारसँग ३–० ले नै पराजित भएको थियो । आजको खेलमा पहिलो हाफमा […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीले म्यानमारविरुद्ध एक दशक भन्दा लामो समयपछि भेट्दा पनि विगतकै नजिताको निरन्तरता पाएको छ ।

म्यानमारसँग उसकै मैदानमा बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल ३–० ले पराजित भएको छ । सन् २००८ को एएफसी च्यालेन्ज कपमा पनि नेपाल म्यानमारसँग ३–० ले नै पराजित भएको थियो ।

आजको खेलमा पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा अर्को गोलको सामना गर्नुपरेको थियो । म्यानमारले तेस्रो मिनेटमै अग्रता लिएको थियो । म्यानमारले फ्रिकिकमार्फत पहिलो गोल गरेको थियो । झन्डै ३० यार्डबाट आएको फ्रिकिकलाई नेपाली खेलाडीले क्लियर गर्न नसक्दा सिक्स यार्ड बक्स नजिक अनमार्क रहेका खेलाडीले गोल गरेका थिए ।

दोस्रो गोलमा परि डिफेन्सकै कमजोरी रह्यो । म्यानमारका फरवार्डले तीन डिफेन्डरलाई पेनाल्टी बक्स भित्र छक्काएर गरेको प्रहार गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए । तर रिबाउन्डमा डिफेन्स चनाखो नहुँदा म्यानमारको अग्रता दोब्बर भयो ।

दोस्रो हाफमा खेलमा फर्कने नेपालको पटक पटकको प्रयास असफल मात्र भएन अर्को एक गोलको सामना गर्नुपर्यो । विश्व कप छनोट अन्तर्गत मंसिर ३ गते कुवेतविरुद्ध हुने खेलको तयारीका लागि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.