default_image

4 years ago

November 7, 2019

गोलकिपिङ कोर्षमा १९ उत्तिर्ण, महिलामा अस्मिता एक्लै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विकास मल्ल, मृगेन्द्र मिश्र, छन्नुराम चौधरीसहित १९ जनाले एएफसी गोलकिपिङ लेभल वान सर्टिफिकेट कोचिङ कोर्ष उत्तिर्ण गरेका छन् । असोज २८ गते देखि कात्तिक ३ गते सम्म काठमाडौंमा भएको कोर्षमा सहभागी २१ मध्ये १९ जना उर्तिण भएका अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । […]

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विकास मल्ल, मृगेन्द्र मिश्र, छन्नुराम चौधरीसहित १९ जनाले एएफसी गोलकिपिङ लेभल वान सर्टिफिकेट कोचिङ कोर्ष उत्तिर्ण गरेका छन् ।

असोज २८ गते देखि कात्तिक ३ गते सम्म काठमाडौंमा भएको कोर्षमा सहभागी २१ मध्ये १९ जना उर्तिण भएका अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । १९ मध्ये उर्तिण हुनेमा महिलामा अस्मिता खवास एक्ली हुन् ।

राष्ट्रिय महिला टोलीकी पूर्व गोलकिपर अस्मिता अहिले राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकका रुपमा टोलीसँगै पोखरामा छिन् । महिला टोली अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसिया खेलकुद (साग) को तयारीका लागि दुई महिनादेखि पोखरामा रहेको छ ।

एएफसी कोर्ष उर्तिण गर्न सहज पक्कै छैन । मेरो लागि चुनौतिपूर्ण थियो । खुसी लागेको छ । आफ्नोतर्फबाट महिला फुटबलमा केहि गर्न सक्ने मनोबल अझै बढेको छ, अस्मिताले भनिन्, महिला फुटबलमा हाम्रो भविष्य राम्रो छ । हामीले सबैले अझै मेहनत गर्नुपर्दछ । झापाकी अस्मिताले आफ्नै प्रयासमा स्थानिय बालिकाहरुलाई फुटबल प्रशिक्षण दिदै आएकी छिन् । उनको क्लबले गत वर्ष स्थानिय रुपमा महिला फुटबल आयोजना गरेको थियो ।

सन् २००५ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका विकास केहि समय नेपालको नम्बर एक गोलकिपर थिए । चोटका कारण उनले खेल जीवनबाट अलग हुनु परेको थियो । चोटका कारण नै सक्रिय खेल जीवनबाट अलग भएका चेतन घिमिरले पनि कोर्ष उर्तिण गरेका छन् । विकास र चेतन दुवै एन्फा एकेडेमीका उत्पादन हुन् । मृगेन्द्र र छन्नुराम पनि लामो समय राष्ट्रिय टोलीमा थिए ।

एएफसी गोलकिपिङ लेभल वान सर्टिफिकेट कोचिङ कोर्ष उर्तिण गर्नेहरु – छन्नुराम चौधरी, श्रीप्रकाश वैद्य, शैलेश कर्माचार्य, ललित चन्द, अस्मिता खवास, विकास मल्ल, मनिष तिम्सिना, मिन बस्नेत, संजीव जोशी, सुरज मोक्तान, सन्दीप खड्का, गंगाराम देउजा, दीलिप बस्याल, प्रविण श्रेष्ठ, राजन मगर, अमित क्षेत्री, हरिबहादुर तामाङ, चेतन घिमिरे, मृगेन्द्र मिश्र ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.